शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कुकुरदेखि सावधान ! : बिरामीलाई एन्टिरेबिज अभाव

शुक्रबार, १९ जेठ २०७४, ०८ : ४६
शुक्रबार, १९ जेठ २०७४
गौशाला, १९ वैशाख - महोत्तरी जिल्लामा केही दिनदेखि ह्वात्तै बढेको गर्मी संगै जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनासम्म कुकुरले टोकेका बिरामी आउन थालेका छन् । जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेको बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको महोत्तरी जिल्ला अस्पताल जलेश्वरले जनाएको छ । यसअघि कहिलेकाहीँ एक-दुईजना बिरामी मात्र आउने जिल्ला अस्पतालमा गर्मी बढेसँगै अहिले दैनिक आठ-दशजना कुकुरले टोकेका बिरामी आउन थालेको चिकित्सक साकेश कर्णले बताए । उनले अहिले बढ्दो गर्मीसँगै कुकुरको मानसिक अवस्था बिग्रने गरेकाले गर्मीको मौसममा कुकुरको सम्पर्कमा जानेलाई कुकुरले बढी टोक्ने गरेका कारण अहिले जिल्ला अस्पतालमा कुकुरले टोकेका बिरामीको चाप बढेको बताए । तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका बिरामी आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको चिकित्सक कर्णले बताए । तर विगत एक सातादेखि कुकुरले टोकेका बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव छ । कुकुरले टोकेको प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीनदेखि पाँच भाइल (डोज)सम्म भ्याक्सिन दिनु परेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ । कुकुरले टोकेका बिरामीलाई अस्पताल बाहिरबाटै सुई किनेर लगाउनुपरेको छ भने जिल्ला अस्पतालले सम्बन्धित निकायमा एन्टिरेबिजको माग गरिसकेको र दुई÷चार दिनमा पुनः एन्टिरेबिज सुई उपलब्ध भइसक्ने चिकित्सक बताउँछन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप