शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कुश्मा र फलेवास नगर कार्यपालिकामा एमाले विजयी

शुक्रबार, १९ जेठ २०७४, ०९ : ०१
शुक्रबार, १९ जेठ २०७४
पर्वत, १९ जेठ - पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । बिहीबार भएको निर्वाचन प्रक्रियामा नेकपा एमालेको प्यानलसहित विजयी भएको हो । तीन दलित र अल्पसङ्ख्यक तथा पाँचजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट मनोहर विश्वकर्मा, डम्बरबहादुर नेपाली र देवेन्द्रबहादुर नेपाली रहनुभएको छ । त्यसैगरी, महिला सदस्यमा तारादेवी सार्की, देवी नेपाली, नन्दकला क्षेत्री, राधिकाकुमारी शर्मा र सुमित्रा पौडेल छन् । उक्त नगरपालिकाका १४ वटा वडामध्ये नौवटा वडामा एमाले र ५ वडामा नेपाली काँग्रेस विजयी भएको थियो । कुल ७२ मतमध्ये एमालेको प्यानलमा ३७ र काँग्रेसको प्यानलमा ३५ मत खसेका थिए । योसँगै नगर कार्यपालिकामा एमालेका १७ र नेपाली काँग्रेसका सात जना रहने भएका छन् । स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेका रामचन्द्र जोशी र उपप्रमुखमा पनि काँग्रेसकै सीता काफ्ले लामिछाने विजयी भएका थिए। फलेवासमा पनि एमाले पर्वतको फलेवास नगरकार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट नेकपा एमाले विजयी भएको छ । तीनजना दलित तथा अल्पसङ्ख्यक सदस्य तथा पाँच महिला सदस्यका लागि बिहीबार भएको निर्वाचनमा एमाले बहुमतले विजयी भएको हो । कार्यपालिका सदस्यमा विजयी हुने पाँचजना महिला सदस्यमा केशाकुमारी दमिनी, नन्दु गुरुङ, अमृता काफ्ले, कमला श्रेष्ठ र निर्मला भुषाल रहनुभएको छ भने तीनजना अल्पसङ्ख्यक वा दलितबाट नेत्रबहादुर विक, हिराबहादुर सुनार र सेरबहादुर सुनार छन् । उनीहरुलाई बिहीबार नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पदभार ग्रहण गराए । फलेवास नगरमा २१ सदस्यीय नगर कार्यपालिका गठन भएको हो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले कार्यपालिका, वडा अध्यक्षसहित सदस्यमा निवाचित जनप्रतिनिधीलाई विकास निर्माणमा कटिबद्ध रहेर काम गर्न निर्देशन दिएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप