सिरहामा नयाँ शक्तिको यस्तो छ चुनावी चहलपहल
शुक्रबार, १९ जेठ २०७४, ०९ : ०६
१९ जेठ, लाहान – नयाँ शक्ति पार्टी सिरहाले जिल्लामा चुनावी चहलपहललाई तीव्र बनाएको छ । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै नयाँ शक्तिले जिल्लाका स्थानीय तहहरुमा चुनावी गतिविधिलाई बढाएको हो ।
नयाँ शक्तिले मिर्चैया नगरपालिकाको मनहरवा, मतहनियाखोरी, जिवा, रामपुर विर्ता, मिर्चैया बजार, सीतापुर, राघपुर, चप्राबस्तीलगायतका स्थानहरुमा चुनावी भेला तथा छलफल सम्पन्न गरी चुनावी रणनीति तयार गरेको मिर्चैया नगरपालिकाका नगर संयोजक घनश्याम श्रेष्ठले बताए ।
त्यस्तै जिल्लास्थित गोलबजार नगरपालिकाका चन्द्रउदयपुर, जम्द, बल्कवा, असनपुर, चन्द्रलालपुरलगायतका क्षेत्रहरुमा पनि चुनावी भेला तथा स्थानीयबासीहरुसँग अन्तरक्रिया सम्पन्न गरेको नयाँ शक्ति गोलबजारका नगर उत्प्रेरक जय नारायण यादवले बताए ।
नयाँ शक्तिले बयरपट्टी गाउँपालिकामा गाउँभेला सम्पन्न गरी चुनावी रणनीति तयार गरेको छ । भेलाले आगामी २३ गते गाउँपालिकामा बृहत चुनावी सभा गर्ने निर्णय गरेको छ । त्यसैगरी पार्टीले गम्हरिया, सुखीपुर, करजनदा, नराहा, औरही, लाहान नगरपालिका, गोलबजार नगरपालिकामा चुनावी गतिविधिलाई तीव्र बनाएको छ ।
नयाँ शक्तिले जिल्लाका स्थानीय तहहरुमा पार्टीको तर्फबाट उम्मेदवारका दाबेदारहरुलाई प्रस्तुत गरेको छ । जिल्लाका ७ नगरपालिकाहरुमध्ये लाहान नगरपालिका प्रमुखमा चन्द्र नारायण कुशवाहलाई अगाडि सारिएको छ भने गोलबजार नगरपालिकामा जय नारायण यादवको नाम चर्चामा छ ।
त्यसैगरी मिर्चैया नगरपालिकामा नयाँ शक्तिले उपप्रमुख पदमा मीना श्रेष्ठलाई अगाडि सारेको छ भने खुसीपुर नगरपालिकामा मनोज यादवको नाम अग्रपंक्तिमा छ । धनगढीमाई नगरपालिकामा पवन यादव चर्चामा रहेका छन् भने सिरहा नगरमा सोभित पासवानले दाबेदारी प्रस्तुत गरेका छन् ।
जिल्लास्थित १० गाउँपालिकाहरु मध्ये भगवानपुरमा उमेश यादव, बरियारपट्टीमा महेश यादव, अर्नमामा दिपेन्द्र महतो, नराहामा विष्णुदेव यादव तथा लक्ष्मीपुर पछारी गाउँपालिका प्रमुखमा मिथिलेश यादवको नाम अगाडि सारिएको पार्टीका जीवछ यादवले जानकारी दिए ।
सिरहा जिल्लामा मिर्चैया, गोलबजार, लाहान, सिरहा, खुसीपुर, धनगढीमाई, कल्याणपुरसहित ७ नगरपालिका र कर्जनाहा, नराहा, विष्णुपुर, औरही, बरियारपट्टी, नवराजपुर, भगवानपुर, अर्नमा, सखवानन्कारकट्टी, लक्ष्मीपुर पछारीसहित १० गाउँपालिका गरी १७ स्थानीय तह छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण