शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

धनुषामा नयाँ शक्तिको चुनावी भेला तथा छलफल तीव्र

शुक्रबार, १९ जेठ २०७४, ०९ : १०
शुक्रबार, १९ जेठ २०७४
जेढ १९, जनकपुरधाम – आगामी असार १४ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टी धनुषाले जिल्लामा निर्वाचन गतिविधिलाई तीव्रता दिएको छ । पार्टीले यहाँस्थित उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरुमा निर्वाचनलक्षित चुनावी भेला तथा छलफललाई बढावा दिएको हो । चुनावी गतिविधिकै क्रममा पार्टीले उपमहानगरका सबै वडा कमिटीहरुको विस्तारित बैठक सम्पन्न गरी चुनावी रणनीति तथा कार्ययोजना तयार गरेको जिल्ला उत्प्रेरक अरविन्द साहले जानकारी दिए । जस क्रममा बिहिबार उपमहानगरपालिकास्थित गोपाल धर्मशाला वडा नं। १४ को विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले चुनावी रणनीति तयार गर्नुका साथै निर्वाचन तयारीका लागि कार्यविभाजनसमेत गरेको छ । त्यस्तै चुनावी कार्यक्रम अन्तर्गत यहाँका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा स्थानीयहरुसँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ । भेला तथा छलफलबाट निर्वाचन प्रयोजनका लागि स्थानीय नेता कार्यकर्ताहरुलाई जिम्मेवारी तोक्दै चुनावी रणनीति तयार गरेको छ । त्यसैगरी विभिन्न वडाहरुमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको जिल्ला संयोजक रामशंकर पासवानले जानकारी बताए । गणेशमान चारनाथमा पार्टी प्रवेश चुनावी अभियानकै क्रममा नयाँ शक्तिले जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको जुडी बजारमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४५ जना नेता तथा कार्यकर्ताहरु नयाँ शक्तिमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा सुजित कुमार दास, सरोज कुमार दास, भरत दास, राजु दास, कृष्ण दास, विरेन्द्र दास, दिनेश मण्डल, भरत अधिकारी, मोहम्मद मोजिर राईन, बेचन यादव, अर्जन सहनी, ध्रुव मुखियालगायत छन् । पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झाले सम्बोधन गर्दै नयाँ शक्तिले सबै समुदायका हक, अधिकार सुनिश्चित गरी देशलाई समृद्धिको मार्गमा डोर्याउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप