काँग्रेस रोल्पाले तोक्यो उम्मेदवार : त्रिवेणीमा गायिका राधिका हमालको उम्मेदवारी
शुक्रबार, १९ जेठ २०७४, ०९ : २०
रोल्पा, १९ जेठ - लामो प्रतीक्षापछि नेपाली काँग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फवाट उम्मेदवार हुनेको नाम टुङ्गो लगाएको छ । अकाङ्क्षी धेरै भएपछि उम्मेदवारको टुङ्गो लगाउन नसकेको काँग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवार बन्नेको नामनामेसी एकमुष्ट टुङ्गो लगाएको हो ।
पार्टीले जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई नगरप्रमुखमा उम्मेदवार बनाउने भएको छ । यसैगरी, नगरपालिकाको उपप्रमुखमा मिश्री हमालले उम्मेदवारी दिने भएका छन् । सुवर्णावती गाउँपालिकाको अध्यक्षमा शेरबहादुर महरा र उपाध्यक्षमा कविता उपाध्याय छन् । उपाध्यक्षको उम्मेदवार उपाध्याय नेपाल प्रेस युनियन रोल्पाकी अध्यक्ष तथा राष्ट्रिय समाचार समितिमासमेत कार्यरत छिन् । लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा दुर्गाबहादुर खड्का र उपाध्यक्षमा भीमकली बुढाथोकीले उम्मेदवारी दिने भएका छन् ।
यसैगरी, माडी गाउँपालिकाको अध्यक्षमा गोपाल घर्तीमगर र उपाध्यक्षमा गोठी खत्रीलाई उठाउने तयारी भएको छ । सुनछहरी गाउँपालिकामा दुर्गे बुढालाई अध्यक्ष र सरु पुनलाई उपाध्यक्ष, दुईखोली गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्तीमगर र उपाध्यक्षमा लक्ष्मी डाँगी, सकिदह गाउँपालिकाको अध्यक्षमा हरिबहादुर पुन र उपाध्यक्षमा अमृताकुमारी केसीले उम्मेदवारी दिने भएका छन् ।
यसैगरी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कमल बुढा र उपाध्यक्षमा राधिका हमालको उम्मेदवारी पर्ने भएको छ । हमाल चर्चित लोकदोहोरी गायिकासमेत हुन् ।
रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बस्नेत, उपाध्यक्षमा सरिता केसी र थवाङ गाउँपालिकाको अध्यक्षमा बमबहादुर रोका र उपाध्यक्षमा श्रीकुमारी रोकाले उम्मेदवारी दिने भएका छन् ।
सो पार्टीले रोल्पा नगरपालिकाका सबै वडाका अध्यक्ष र चारैजना सदस्यको समेत उम्मेदवारी टुङ्गो लगाएको छ । जसअनुसार वडा नं १ को अध्यक्षमा हिराबहादुर पुन, २ मा देउचन थापा, ३ मा राजकुमार पुरी, ४ मा हिरा घले, ५ मा हेमराज डाँगी, ६ मा नरबहादुर खत्री, ७ मा रती कामी, ८ मा खटकबहादुर खत्री ‘तोरावोरा’, ९ मा ओभिराज पुन र १० मा मानबहादुर खत्रीले उम्मेदवारी दिने नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।
लोकतान्त्रिक पार्टी भएका कारण पार्टीको सबै संरचनाबाट उम्मेदवार छानिँदै आउँदा एवम् जनताको समेत अभिमत लिनु परेका कारण उम्मेदवार चयनमा केही ढिलाइ भएको पार्टी सभापति अमरसिं पुनमगरले जानकारी दिए । “ढिलो भएपनि राम्रो भएको छ”, पुनले भने । उम्मेदवार टुङ्गो लगाएसँगै उत्सुकताका साथ कार्यकर्ता चुनावी मैदानमा खटिने पुनले बताए ।
जिल्लामा नेकपा एमालेले यसअघि नै सम्पूर्ण स्थानको उम्मेदवारी घोषणा गरिसकेको छ भने माओवादी केन्द्रले सुवर्णावती गाउँपालिकामा आकाङ्क्षी धेरै देखिएपछि उम्मेदवारी टुङ्ग्याउन सकेको थिएन । सो पार्टीले समेत मतदान गरी उम्मेदवार टुङ्गो लगाइसकेको बताइएको छ ।
जिल्लामा मुख्य तीन राजनीतिक दलका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, सङ्घीय समाजवादी फोरम लगायतका दलले चुनाव चिह्न लिई दलको हैसियतबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् भने नयाँ शक्ति नेपाल, देशभक्त सङ्घीय जनगणतान्त्रिक मोर्चा, पूर्वराष्ट्रसेवक पार्टीलगायतले स्वतन्त्र हैसियतबाट उमेदवारी दिने छन् ।
लामो समयपछि स्थानीय सरकारको अभ्यास गर्न नपाएका कारण यस पटक निर्वाचनमा उम्मेदवारी दिने आकाङ्क्षीको सङ्ख्या बढ्ने देखिएको छ । नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य कुलानन्द गिरीले समेत जिल्लाको त्रिवेणी गाउँपालिकाबाट अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
पार्टीले अर्कै व्यक्तिलाई उम्मेदवार बनाएपछि उनले रोल्पाको जुगारमा पत्रकारसम्मेलन गरी विद्रोही उम्मेदवार बन्ने घोषणा गरेको बताए । पार्टीले निर्वाचन चिह्न दिए त्यही चिह्नमा चुनाव लड्ने पार्टीले चुनाव चिह्न नदिए अन्य चुनाव चिह्नमा भए पनि आफू चुनाव लड्ने पत्रकारसम्मेलनमार्फत गिरीले जानकारी गराए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण