शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पेरिस सम्झौताबाट अमेरिका बाहिरियो

शुक्रबार, १९ जेठ २०७४, ०९ : ५४
शुक्रबार, १९ जेठ २०७४

एजेन्सी

वासिङटन, जेठ १९ – सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस सम्झौताबाट अमेरिका बाहिरिने राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।

उनले अमेरिकी व्यवसाय र कामदारहरुलाई घाटा नलाग्ने गरी नयाँ सम्झौताका लागि छलफल पनि शुरु गर्ने बताएका हुन् ।

गत वर्ष चुनावी अभियानका दौरान ट्रम्पले देशको तेल र कोइला कम्पनीहरुलाई सहयोग गर्ने वाचा गरेका थिए ।

विपक्षीहरुले भने सम्झौताबाट बाहिरिनुलाई विश्वको मुख्य चुनौतीबाट अमेरिकी नेतृत्व भागेको संज्ञा दिएका छन् ।

पेरिस सम्झौतामा अमेरिकासहित १८७ जना राष्ट्रहरुले विश्वको बढ्दो तापक्रमलाई २ डिग्री सेल्सियसभन्दा कम राख्नका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएका थिए । यस सम्झौतामा सिरिया र निकारागुवाले मात्र हस्ताक्षर गरेको थिएन ।

के भने ट्रम्पले ?

ह्वाइट हाउसको रोज गार्डनमा सम्बोधन गर्दै ट्रम्पले पेरिस सम्झौतालाई अमेरिकालाई कमजोर पार्ने सम्झौता रहेको बताए ।

यो सम्झौताले चीन र भारतजस्ता देशहरुलाई मात्र फाइदा पुग्ने बताउँदै उनले यसबाट अमेरिकालाई कुल ग्राहस्तमा ३० खर्ब अमेरिकी डलर घाटा हुने र ६५ लाखले रोजगारीको अवसर गुमाउने बताए ।

‘अमेरिका र यहाँका नागरिकलाई जोगाउने मेरो जिम्मेवारी पूरा गर्न अमेरिकाले पेरिस सम्झौताबाट बाहिरिनेछ,’ उनले भने, ‘अब पेरिस सम्झौतामा फर्कने वा नयाँ नफर्कने भन्ने नयाँ छलफल हुनेछ जसमा अमेरिकालाई फाइदा हुने सर्तहरु हुनेछन् ।’

‘अब अन्य देश र नेताहरु अमेरिकालाई हेरेर हाँस्ने छैनन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप