ओबामाले वासिङ्टनमा खरिद गरे ८३ करोडको घर
बीबीसी
जेठ १९ – अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाका परिवारले वासिङ्टनमा भाडामा बसिरहेको घर खरिद गरेका छन् ।
९ बेडरुम भएको उक्त बिल्डिङ शहरको पोश इलाकास्थित कोलोरामामा पर्छ जसलाई ओबामाले ८१ लाख डलर (८३ करोड रुपैयाँ) मा खरिद गरेका छन् ।
ओबामाकी १५ वर्षीया छोरा साशा हाइस्कूल पास नभएसम्म ओबामा परिवार वासिङ्टनमा नै बस्नेछ ।
जनवरीमा कार्यकाल समाप्त भएपछि पूर्व राष्ट्रपति ओबामा र उनकी श्रीमती मिशेल ओबामा संसारभरी घुमिरहेका छन् ।
ओबामाका प्रवक्ता केविन लुईसले घर खरिद गरेको जानकारी दिँदै ओबामा साढे दुई वर्षसम्म वासिङ्टनमा नै बस्नेछन् । यस्तो अवस्थामा उनका लागि घर खरिद गर्नु नै सही निर्णय थियो ।
अमेरिकी गुप्तचर सेवाका एजेन्ट यो घरको चौबीसै घण्टा निगरानी गर्दछ ।
ओबामाको शिकागोमा पनि एक घर छ । उनले उक्त घर पूर्व राष्ट्रपति बिल क्लिंटनका प्रेस सचिव जो लोकहार्टसँग खरिद गरेका थिए । ्
ओबामाको यो घर नजिकै अनलाइन कम्पनी अमेजनका मालिक जेफ बेजोसको पनि घर छ । राष्ट्रपति ट्रम्पकी छोरी इवांकाको घर पनि ओबामाको घर नजिकै छ ।
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पनि कोलोरामा इलाकामा नै बस्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण