बन्दुकधारीद्वारा मनिलाको होटलमा गोलीबारी, ३४ जनाको मृत्यु
जेठ १९, मनिला – मनिलाको रिसोर्ट वल्र्ड मनिलामा शुक्रबार बिहान बन्दुकधारीले गोलीबारी गर्दा ३४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यद्यपि, मारिनेहरु गोलीभन्दा श्वास फेर्न नपाएर मारिएको साउदर्न पुलिस डिस्ट्रिक्ट डाइरेक्टर टोम अपोलिनारियोले बताएका हुन् ।
‘मारिनेमा अधिकांश महिला रहेको र उनीहरु बाथरुमभित्र मृत अवस्थामा भेटिएका छन्,’ उनले भने ।
बन्दुकधारी स्थानीय समयअनुसार मध्यरातपछि होटलको क्यासिनोमा पसेका थिए ।
प्रत्यक्षदर्शी र प्रहरीका अनुसार बन्दुकधारीले त्यहाँको जुवा खेल्ने मेसिनमा गोली बर्साउँदै टेबलहरुमा आगो लगाएका थिए ।
घण्टौपछि बन्दुकधारीले आत्महत्या गरेको प्रहरीले बताएको छ । उनी एउटा रुपमा हतियार सहित जलेको अवस्थामा पाइएको प्रहरीको भनाई छ ।
होटलको पाँचौ तल्लामा आफैलाई आगो लगाएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।
फिलिपिन्सको दक्षिणी भागमा यतिबेला सरकारी सुरक्षा फोर्स र आइएसआइएसका लडाकुबीच ठूलो भिडन्त जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण