पानी खान नपाएर ४४ जनाको मृत्यु, बाँचे ६ महिला मात्र
बीबीसी
जेठ १९ – उत्तरी नाइजेरको सहारा मरुभूमी भएको इलाकामा एक गाडी खराब भएपछि ४४ जनाको मृत्यु भएको रेडक्रसले जनाएको छ ।
रेडक्रसका लावल ताहेरका अनुसार गाडीमा यात्रा गर्ने ४४ जनाको पानी खान नपाएर मृत्यु भएको छ भने अन्य ६ जनाले नाइजेरको दिरकू गाउँ पुगेर आफ्नो ज्यान बचाएका छन् । बचेका सबैजना महिला हुन् ।
उनका अनुसार मारिएका मध्ये धेरैजना बच्चाहरु पनि संलग्न छन् ।
नाइजेरियाको अनलाइन पत्रिका साहेलिनका अनुसार घाना र नाइजेरियाबाट यी मानिसहरु लिबिया जाँदै थिए ।
ताहेरका अनुसार अहिलेसम्म शवको पहिचानका लागि कोही पनि त्यहाँ पुगेका छैनन् ।
यात्रा जुन बन्न सक्छ मृत्युको कारणः
उत्तरी अफ्रिका पुग्नका लागि नाइजेरबाट प्रवासी धेरैजसो यसै बाटो लिबिया जाने गर्दछन् । त्यहाँबाट उनीहरु यूरोप जानका लागि भूमध्य सागर पार गर्दछन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार प्रवासीका लागि सहारा मरुभूमीको यो बाटो सबैभन्दा कठिन हुन्छ । यसलाई पार गर्नका लागि उनीहरु ट्रकमा कोच्चिएर जान्छन् र यतिबेला केही लिटर पानीमा निर्भर हुने गर्दछन् ।
अधिकारीले रोयटर्सलाई दिएको जानकारी अनुसार सहाराजस्तो विशाल इलाकामा कतिजनाको मृत्यु भएको छ त्यसको पुष्टि गर्न लगभग असम्भव छ ।
पछिल्लो वर्ष जूनमा अल्जेरिया र नाइजेरको सीमा नजिकै ३४ प्रवासीको शव पाइएको थियो जसमा २० बच्चा थिए । सरकारका एक मन्त्रीले त्यतिबेला मानव तस्करी गर्नेहरुले उनीहरुलाई त्यहाँ छोडिदिएको जसका कारण पानी खान नपाएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका जताएका थिए ।
नाइजेरियाबाट बीबीसी संवाददाता मार्टिन पेशेन्सका अनुसार सहारा भएर जाने बाटोमा गाडी खराब हुनु यात्रा गर्नेहरुका लागि मृत्युको घण्टी हो ।
मार्टिन भन्छन्, ‘उत्कृष्ट जीवनको खोजीमा युरोपको सपना देख्ने मानिसहरुका लागि नाइजेर चुनौतीपूर्ण छ । हरेक वर्ष हज्जारौं मानिसहरु यो बाटो हुँदै लिबिया पुग्छन्् र डुङ्गामार्फत युरोप जाने गर्दछन् ।
उनी भन्छन्, ‘हरेक वर्ष सहारामा कतिजनाको मृत्यु हुन्छ त्यो भन्न मुश्किल छ किनभने यो विशाल इलाका सरकारी निगरानीभन्दा टाढा छ । थुप्रै प्रवासीको प्यासका कारण मृत्यु हुन्छ भने थुप्रैलाई अपराधी र सुरक्षाबलले हमला गरेर लुट्छन् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण