प्रधानमन्त्री चयन प्रक्रिया आजबाट
शुक्रबार, १९ जेठ २०७४, १० : ३६
काठामाडौं, जेठ १९ – आजबाट प्रधानमन्त्री चयनको प्रकृया सुरु हुने भएको छ । गत जेठ ९ गते पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि कार्यतालिका तय गर्न व्यबस्थापिका संसदको कार्यव्यबस्था परामर्श समितिको बैठक बस्दैछ । नयाँ वानेश्वरस्थित संसद भवनमा बस्ने समितिको बैठकमा परामर्शपछि सभामुख ओनसरी घर्तीले नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया अघि बढाउने बताइएको छ ।
प्रधानमन्त्री चयनका लागि शनिबार निर्वाचन प्रक्रिया शुरु गर्न सभामुख घर्तीले बैठकमा प्रस्ताव गर्ने तयारी गरेको बुझिएको छ ।
यद्यपी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक चल्न नसकेपछि प्रधानमन्त्री चयनमा अन्यौल देखिदै आएको छ ।
एमालेले भरतपुर महानगरमा मत पत्र च्यातिएको विषयलाई लिएर सदन अवरुद्ध गर्दैआएको छ । उसले मतगणना सुचारु नभएसम्म संसद अवरुद्ध जारी राख्ने जनाएको छ ।
यसैवीच सभामुख घर्तीले शनिबार उम्मेदवारी मनोनयन देखि अन्तिम नामावली प्रकाशनसम्मको प्रक्रिया पुरा गर्ने र २१ गते निर्वाचन गर्ने गरी प्रस्ताव लैजाने तयारी गरेको निकट श्रोतले जनाएको छ ।
व्यबस्थापिका संसदको बैठक जेठ २१ गते आइतवारका लागि बोलाइएको छ ।
कंग्रेस सभापति शेरवहादुर देउवा माओवादी केन्द्र लगायतका दलको समर्थनमा उम्मेदवार बन्ने निश्चित भएपनि एमालेले समेत प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने नदिने या दिए कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय गर्न आज बैठक बोलाएको छ ।
राष्ट्रपतिले जेठ १७ गते बहुमतीय सरकार गठन गर्न आव्हान गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण