शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गायक हेमनद्वारा देवीस्थान बिद्याालयलाई कम्प्युटर सहयोग

शुक्रबार, १९ जेठ २०७४, १० : ४९
शुक्रबार, १९ जेठ २०७४
काठमाडौं, जेठ १९ – साङ्गीतिक कर्मबाट कमाएको पैसा समाज सेवामा लगाउँदै आएका गायक हेमन मोक्तानले आफ्नो हेमन मोक्तान फाउण्डेशन मार्फत् ‘अध्यारोबाट उज्यालोतिरको यात्रा’नामक शिक्षाका लागि साङ्गीतिक अभियान थालेका छन् । सोहि अभियान अन्तर्गत गायक हेमनले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका– १ दुम्जास्थित देवीस्थान माध्यमिक विद्यालयमा १० थान कम्प्युटर हस्तान्तरण सहयोग गरेका छन् । भर्खरै युएईको एक महिने साङ्गीतिक अभियानबाट फर्किएका उनले सोही क्रममा सङ्कलित रकमबाट विद्यालयलाई कम्प्युटर सहयोग गरेको जानकारी दिए । १५ वर्षदेखि सिन्धुलीका साथै काभ्रे र रामेछाप जिल्लाका बालबालिकालाई अङ्ग्रेजी माध्यममा शिक्षा दिँदै आएको सो बिद्याालयमा इन्टरनेट सुविधासहितको कम्प्युटर शिक्षाले बालबालिकाको अध्ययनमा अझ सहयोग पुग्ने विश्वास धेरैको छ । कार्यक्रममा गायक हेमन मोक्तान र नारायण थापाले गीत प्रस्तुत गरेका थिए भने विद्यालयका बालबालिकाले नृत्य, कविता प्रस्तुत गरे । – आगामी दिनमा पनि विद्यालयको शैक्षिक उन्नतिका लागि आफुले सहयोग गर्दै जाने गायक हेमनले बताए । – कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइरालाले शिक्षाको क्षेत्रमा सिन्धुलीमै नमूना विद्यालयको रुपमा देवीस्थानले सफलता प्राप्त गरिरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप