तेह्रथुमका १३ मतदानस्थल संवेदनशील
तेह्रथुम, १९ जेठ । सुरक्षा समितिले जिल्लाका १३ वटा मतदानस्थल संवेदनशील रहेको घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनमा चुनावी सुरक्षाका दृष्टिले जिल्लाभरका विभिन्न गाउँका मतदानस्थल संवेदनशील रहेको भन्दै छुट्टै सुरक्षा रणनीति बनाएको छ ।
सुरक्षा समितिले जिल्लाका १३ वटा मतदानस्थललाई संवदेनशील ठहराएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए । उनका अनुसार लालीगुराँस नगरपालिकाका जनजागरण आधारभूत विद्यालय र सिंहवाहिनी मावि मतदान केन्द्र, फेदाप गाउँपालिकाका पञ्चकन्या मावि र सिद्धगणेश मावि मतदान केन्द्र तथा मेन्छ्यायेम गाउँपालिकाका शारदा मावि, कालिका आधारभूत विद्यालय र जनप्रिय मावि मतदान केन्द्र संवेदनशील घोषणा भएका छन् ।
यस्तै, फेदाप गाउँपालिकाका पञ्चकन्या आधारभूत विद्यालय, सिद्धकाली मावि जौँबारी र पञ्चकन्या आधारभूत विद्यालय मतदान केन्द्र संवेदनशील रहेका छन् । आठराई गाउँपालिकाका कालिका मावि, महेन्द्र मावि र गाविस भवन मौलेडाँडा मतदातस्थल सुरक्षाका दृष्टिले संवदेनशील ठहराइएको छ । बाँकी ४४ वटा मतदानस्थलको अवस्था भने सामान्य रहेको छ ।
जिल्लाका ५७ स्थानमा ८५ वटा मतदान केन्द्र रहेका छन् । उक्त क्षेत्रमा हुन सक्ने झडप, पार्टीबीचको माहोल, सम्भावित आपराधिक क्रियाकलाप, मतदाता सङ्ख्या र विगतका निर्वाचनमा भएका घटनाका आधारमा मतदानस्थललाई संवेदनशील र सामान्य अवस्थामा वर्गीकरण गरिएको जनाइएको छ ।
एउटा मतदानस्थलमा मतदाता सङ्ख्या हेरी दुईदेखि तीनवटासम्म मतदान केन्द्र निर्धारण गरिनेछन् । एउटा स्थानमा तीनदेखि पाँचजनासम्म प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटाइने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताए ।
निर्वाचनलाई शन्तिपूर्णरुपमा सफल बनाउन जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको र गस्ती बढाइएको उनले बताए। उनका अनुसार सामान्य अवस्थाका मतदानस्थलमा चारजनासम्म र संवेदनशीलस्थलमा सोभन्दा बढी प्रहरी, सशस्त्र प्रहरी र सेना खटाइनेछ ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ६० हजार ७०४ जना मतदाता रहेका छन् । मत कम मात्रै बदर होस् र धेरैभन्दा धेरै मतदान होस् भनेर कार्यालयले मतदाता शिक्षालाई जोड दिएको निर्वाचन अधिकारी राईले जानकारी दिए।
अहिले जिल्लाभर एक मतदान केन्द्र एक निर्वाचन शिक्षा कार्यकर्ता खटाइएको छ । उनीहरुले एक पटक घरदैलो सकिसकेको र दोस्रो पटक घरदैलो गरिरहेको उनले बताए । कार्यालयले समेत अन्य सबै तयारी सम्पन्न गरेको छ । जिल्लाको सदरमुकामबाहेकका पाँचवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भइसकेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण