शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भरतपुर प्रकरण आयोगको निर्णय आज : मतदान कि मतगणना ?

शुक्रबार, १९ जेठ २०७४, ११ : १५
शुक्रबार, १९ जेठ २०७४

चितवन, जेठ १९ – निर्वाचन आयोगले भरतपुर मतगणनाका क्रममा च्यातिएका मतपत्र बारे निर्णय गर्नशुक्रबार सवै निर्वाचन आयुक्तहरुसम्मिलित बैठक बोलाएको छ । पुन मतदान या मतगणना भन्ने विषयमा आयोगले आज गर्ने निर्णयमा भर पर्नेछ । मतगणनाका क्रममा ९० मत च्यातिएको प्रतिवेदन आयोगमा बिहीबार आएपछि शुक्रबार निर्वाचन आयोगको पुर्ण बैठक बसेर निर्णय गर्न लागेको आयोगका सचिव गोपी मेनालीले रातोपाटीलाई बताए ।

सचिव मैनालीले संवैधानिक व्यवसथा अनुसार आयोगले भरतपुर प्रकरणको निश्पक्ष निर्णय गर्ने बताए । उनले भने –‘आयोगको निश्पक्षतामाथि प्रश्न नउठ्ने गरी निर्णय गर्छ, त्यसमा संबैधानिक र कानुनी विषयलाई पनि ख्याल गरिने छ ।’ सचिव मैनालीका अनुसार आज दिनभरमा भरतपुरका बारेमा आयोग टुङगोमा पुग्नैपर्छ ।

भरतपुरका महानगरपालिका वडानम्बर १९ को मत गणना अन्तिम अवस्थामा पुगेका वेला जेठ १४ गते दलका प्रतिनिधिबीच विवाद बढ्दा माओवादीका प्रतिनिधिले मतपत्र च्यातेको एमालेको दावी छ । मतपत्र च्यातिएपछि त्यसै दिनबाट मतगणना स्थगित गरिएको थियो ।

भरतपुरमा वडा नम्बर २० को मत गन्न बाँकी छ भने अरु सवै वडाको गनिसकिएको छ ।

वडा नम्बर १९ को मत गणना हुँदै गर्दा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवाली ७ सय ३३ मतले अघि थिए । माओवादी केन्द्रकी रेणु दाहालले लगातार मतान्तर घटाइरहेकी थिइन् ।

मतान्तर घटाएपनि हार्ने डरले माओवादी कार्यकर्ताले मतपत्र च्यातेको एमालेको भनाई छ । घट्नापछि सो वडामा पुन मतदान गर्नुपर्ने माओवादी केन्द्रको भनाइ आएको छ भने एमालेले स्थगित भएकै स्थानबाट मतगणना गर्नुपर्ने बताउदै आएको छ ।

दलहरुका लागि निकै ठुलो प्रतिष्ठाको विषय बनेको भरतपुरमहानगर निर्वाचन प्रकृया सुरु भएदेखि नै चर्चामा आएको थियो ।

कांग्रेस माओवादी गठबन्धन एकातिर र एमाले एक्लै निर्वाचन लडेको भरतपुरमा तीनै दलको प्रतिष्ठा जोडिएकाले पनि निर्णय गर्न आयोगलाई कठिन परेको बताइएको छ ।

यद्यपी आयोगका सचिव मैनाली आयोग स्वायत्त संवैधानिक अंग भएकाले निर्णय गर्न स्वतन्त्र भएको र त्यसैअनुसार निर्णय गर्ने दावी गर्छन् ।

उता, आयोगको निर्णय आउन ढिलाइ भएपछि यसबारे विभिन्न अड्कलबाजी समेत हुने गरेका छन् ।

 पुनः मतदान गराए यस्ता घटनाहरु निरन्तर दोहोरिन सक्ने सम्भावना रहेको एक थरिको विश्लेषण छ भने अर्का थरीको मतपत्र नबुझिने गरी च्यातिएकाले मतदान गर्नुको विकल्प नभएको भनाइ आउने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप