फिलिपिन्सको क्यासिनोमा गोलीबारीः ३६ को मृत्यु, आरोपीद्वारा आत्महत्या
एजेन्सी
जेठ १९ – मनिलाको एक क्यासिनोमा एक अज्ञात हमलाकर्ताको गोलीबारीले ३६ जनाको मृत्यु भएको छ । गोलीबारीपछि आरोपीले आत्महत्या गरेका छन् । हमलामा ५४ जना घाइते भएका छन् । गोलीबारी भन्दा पहिले हमलाकर्ताले टेबलमा लाइट पनि सेट गरे ता कि उनले मानिसहरुलाई देख्न सकून् । अधिकारीले यसलाई लुटपाटको क्रममा भएको दुर्घटना बताइरहेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रोड्रिगो दुतेर्तेका प्रवक्ता अर्नेस्टो एबेलाले भने, ‘घटनामा इस्लामिक आतंककारी र फैजीबिचको लडाईंको कुनै प्रमाण भेटिएन ।’
‘जसले घटना घटित गराए, उनी मानसिक रुपमा विक्षिप्त थिए । गोली चलाउने व्यक्तिले सबैभन्दा पहिले चेतावनी स्वरुप गोली चलाए,’ उनले भने ।
के भन्छ पुलिस ?
मनिलाका पुलिस चिफ ओस्कर अल्बायल्डे भन्छन्, ‘जो मारिए उनीहरु क्यासिनोको मेन एरियामा थिए ।’
‘मलाई लाग्छ कि धेरै जनाको मृत्यु हुनुको पछाडि कोठामा धेरै मानिसहरु थिए र त्यहाँ धुँवा पनि आइरहेको थियो ।’
नेशनल पुलिस चीफ रोनाल्ड डेला रोसा भन्छन्, ‘आरोपीले होटलको कोठामा आफूलाई नै गोली हाने । उनको शरिर बेडमा ब्ल्याङ्केटले छोपिएको अवस्थामा थियो । यद्यपी, घटनाप्रति त्यति चिन्ता गर्नु स्थिती छैन । यसलाई आतंकवादसँग जोड्न सकिन्नँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण