शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विपक्षी नौ दलको बैठक सिंहदरबारमा

शुक्रबार, १९ जेठ २०७४, १२ : २८
शुक्रबार, १९ जेठ २०७४

काठमाडौं, जेठ १९– प्रधानमन्त्री निर्वाचनका विषयमा भावी रणनीति तय गर्न विपक्षी गठबन्धनकोे बैठक सिंहदरवारमा जारी छ ।

बहुमतिय आधारमा प्रधानमन्त्रीको निर्वाचनका लागि राष्ट्रपतिबाट आव्हान भएपछि गठबनधनले बैठक बोलाएको हो । बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी दिने या नदिने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।

गठबन्धनमा नेकपा एमाले, माले, नेमकिपा, राजमो लगायत नौ दल छन् ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने नेकपा मालेमा महासचिव सीपी मैनालीले बताए । उनले भने ‘संसद अवरुद्ध भएको छ । निर्वाचनको विषयहरु छन् । यी सबै विषयमा छलफल हुन्छ ।’

यसअघि संसद अवरुद्ध गर्दै आएको प्रतिपक्षले प्रधानमन्त्री निर्वाचनमा के गर्छ भन्ने चासो बढिरहेको छ । मैनालीका अनुसार भरतपुर मतगणनापछि उत्पन्न परिस्थितिका कारण अवरुद्ध संसदका बारेमा पनि छलफल हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप