२० लाख ९६ हजार पर्ने रेनोको नयाँ गाडी बजारमा
काठमाडौं, जेठ १९ । रेनोको नेपालका लागि आधिकारिक बितरक विशाल ग्रुपको सहायक कम्पनी एडभान्स अटो मोबाइल्सले अल न्यू रेनो क्विड एएमटी सार्वजनिक गरेको छ । नयाँ रेनो क्विड एएमटी अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नयाँ रेनो क्विड एएमटीमा ईजी–आर टेक्नोलोजी (इजि आर) ५, स्पीड एएमटी प्रविधि रहेको जनाइएको छ । यसको डयस माउन्टेड एएमटी डायलमा तीन प्रकारका मोड रहेका छन् ।
रिजर्भको लागि आर न्यूट्रलका लागि एन तथा ड्राइभका लागि डी रहेको छ । यस्तै, सहज रुपमा गाडी चलाउने डिजाइन बनाईएको पनि कम्पनीले जनाएको छ ।
यो गाडी चलाउँदा सजिलो र नियमित एक्सिलेरेसनको अवस्थामा अत्याधुनिक कन्ट्रोल यूनिटले स्वचालित रुपमा गीयर सिफ्ट गर्ने जनाइएको छ । रेनो क्विड एएमटी रेन्जको शुरुवाती मूल्य २० लाख ९६ हजार ५ सय रुपैयाँ छ ।
रेनो क्विड एएमटी डाइनामिक परफरमेन्स, उच्चतहको शक्ति, र साहसिक यात्राको अनुभव लिने गरि रणनीतिक रुपमा डिजाइन गरिएको कम्पनीको दावी छ । क्विड एएमटी २ संस्करणमा उपलब्ध रहेको छ ।
रेनो क्विड १.० लिटर एएमटी आरएक्सटी ओ तथा रेनो क्विड १.० लिटर एएमटी आरएक्सएल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण