शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मोडलिङमा करियर उकास्दै नीशा

शुक्रबार, १९ जेठ २०७४, ०८ : ३७
शुक्रबार, १९ जेठ २०७४

काठमाडौं, जेठ १९ –सिन्धुपाल्चोककी नीशा अधिकारी मोडलिङमा करियर बनाउन कम्मर कसेरै लागि परेकी छन् ।

काठमाडौ, चावहिल बस्दै आएकी उनको कलाकारीतातिरको लगाव सानैदेखिको हो । सानो छँदा बिभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुने गरेको उनले बताइन् । त्यही अनुभवले पनि अहिले उनलाई कलाकारितामा सजिलो भएको छ ।

गायक प्रमोद खरेलको गीतको म्युजिक भिडियोबाट मोडलिङमा डेब्यु गरेकी उनीसँग अहिले थुप्रै म्युजिक भिडियो अभिनय गरेको अनुभव भैसकेको छ ।

मोडलिङको अलवा तस्बिर सुटमा समेत रुचि भएकी उनी अब केही समय पछि ‘सपना तिमी..’ गीतका मोडल सवित बज्राचार्यसँग एक गीतमा समेत देखिदै छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप