शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

महिना दिनभित्र सबै स्थानीय तहमा कर्मचारीको व्यवस्था हुने

शुक्रबार, १९ जेठ २०७४, १२ : ४१
शुक्रबार, १९ जेठ २०७४

काठमाडौ, जेठ १९ – सरकारले एक महिना भित्र सबै स्थानीय तहमा कर्मचारीको व्यवस्था गर्ने योजना बनाएको छ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहमा कर्मचारीको व्यवस्थापन गर्न ढिलाई गर्न नहुने भनदै एक महिनाभित्र कर्मचारीको व्यवसथा गरिसक्ने जानकारी गराएका हुन् ।

शुक्रबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री बुढाथोकीले संघीय प्रशासनिक पुनर्संरचनाको कामलाई अघि बढाउन संसदीय समितिहरुलाई आग्रह गरिसकेको समेत जानकारी गराए । मन्त्री बुढाथोकीले स्थानीय तहमा जनप्रतिनिधि र बजेट पुगेपनि कर्मचारी पुग्ने अवस्था अझै नरहेकोतर्फ पनि समितिको ध्यानाकर्षण गराएको बताए । उनले स्थानीय तहमा जनतालाई सेवा दिने कर्मचारी पु¥याउने कामलाई छिटो सम्पन्न गर्न सबै निकायले चासो दिनुपर्ने बताए ।

सरकारले एक महिना भित्र स्थानीय तहको सबै निकायमा बजेट पु¥याई सक्ने कार्ययोजना बनाईसकेको छ । तर बजेट कार्यान्वयन गराउन कर्मचारीहरुको व्यवस्थापनको काम भने अझै सुरु हुन सकेको छैन ।

बैठकमा समितिका सदस्यहरुले जनताको सेवालाई सहज ढंगले गर्न सक्ने गरी कर्मचारीहरुको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् । संघीय प्रशासनिक पुनर्संरचना समितिले संघमा १८ वटा मन्त्रालय रहने गरी मन्त्रालय गठनसम्बन्धि प्रस्ताव राज्य व्यवस्था समितिमा पेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप