कार्यव्यवस्था परामर्श बैठक : सभामुखले शीर्ष नेतासँग छलफल गर्ने
काठामाडौं, जेठ १९ – व्यबस्थापिका संसदको कार्यव्यबस्था परामर्श समितिको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको समितिको बैठकमा सभाुखले परामर्श लिएकी हुन् ।
संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि आजै सभामुख ओनसारी घर्तीले प्रमुख दलका शीर्ष नेतासाग छलफल गरेरमात्रै प्रधानमन्त्रीको निर्वाचन प्रकृयाबारे टुङगो लगाउने भएकी छन् ।त्यसका लागि सभामुख घर्तीले आज तीन बजे शीर्ष तहमा छलफल गर्ने तयारी गरेको सभामुख घर्तीका प्रेस संयोजक बबिन शर्माले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक चल्न नसकेपछि प्रधानमन्त्री चयनमा अन्यौल भएपछि निर्वाचन कार्यतालिका तय गर्न समेत अप्ठयारो भएको छ ।
एमालेले भरतपुर महानगरमा मत पत्र च्यातिएको विषयलाई लिएर सदन अवरुद्ध गर्दै आएको छ । उसले मतगणना सुचारु नभएसम्म संसद अवरुद्ध जारी राख्ने जनाएको छ ।
यसैवीच सभामुख घर्तीले शनिबार उम्मेदवारी मनोनयनदेखि अन्तिम नामावली प्रकाशनसम्मको प्रक्रिया पूरा गर्ने र २१ गते निर्वाचन गर्ने गरी प्रस्ताव लैजाने तयारी गरेको संसद सचिवालयले जनाएको छ ।
राष्ट्रपतिज्यूकाे अाव्हान र संसद अबरुद्धकाे अवस्थामा प्र.म चयनकाे प्रक्रिया कसरी बढाउने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिकाे बैठक। pic.twitter.com/lw4nK8BRO7
— Onasari Gharti (@SpeakerofNepal) June 2, 2017
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण