मध्यपहाडी लोकमार्गका ठेकेदार मृत फेला
शुक्रबार, १९ जेठ २०७४, १३ : १०
जेठ १९, काठमाडौं– मध्यपहाडी लोकमार्गको सडक पेटी निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी दानबहादुर बोगटी मृत फेला परेका छन् ।
अछामको मंगलसेन नगरपालिका–५ देउकुना स्थित दैलेख नौमुले गाँउपालिका–८ स्थायी घर भएका ५६ वर्षीय दानबहादुरको शंकास्पद मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, बर्दिया गुलरीया नगरपालिका–८ बस्ने २४ वर्षीय सुरज के.सी.र सोही ठाउँ बस्ने २९ वर्षीय पिताम्बर क्षेत्रीलाई लागू औषध खैरो हिरोईन करीब १ सय ग्रामसहित बिहीबार प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित गुलरीया बसपार्कबाट पक्राउ गरेको छ ।
त्यस्तै बिराटनगर उपमहानगरपालिका–१८ झटियाही बस्ने २५ वर्षीय सदानन्द दास बिराटनगरबाट बुधनगरको बाटो हुँदै साईकलमा भारततर्फ जाँदै गर्दा ११ केजी अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण