औद्योगिक क्षेत्रको विकास गर्ने रणनीति तयार
काठमाडौं, जेठ १९ – सरकारले निजी क्षेत्रको नेतृत्वमा औद्योगिक क्षेत्रको विकास गर्ने रणनीति तयार पारेको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले निजी क्षेत्रको नेतृत्वमा औद्योगिक विकास समिति गठन गरी औद्योगिक क्षेत्रको विकास गर्ने रणनीति तयार पारिएको जानकारी दिएका हुन् ।
मन्त्री जोशीले औद्योगिक विकास समितिमा सरकार, निजी क्षेत्र, गैरआवासीय नेपाली संघ, उद्योगी व्यवसायी र सर्वसाधारणको समेत प्रतिनिधित्व हुनेगरी कानुनी व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारेका छन् ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीमाझ कुरा गर्दै मन्त्री जोशीले औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक लगानीको वातावरण तयार पार्ने अधिकारसमेत समितिलाई हुने व्यवस्था गर्ने पनि बताए । उद्योग मन्त्रालयले औद्योगिक क्षेत्रको विकासका लागि सरकारको ४ प्रतिशत मात्रै लगानी हुने कार्ययोजना पनि अघि सारेको जनाएको छ ।
बाँकि ९६ प्रतिशत लगानी निजी क्षेत्रको हुने मन्त्री जोशीको भनाई छ । औद्योगिक क्षेत्रको विकास गरी मुलुकमा रोजगारीको अवसर सृजना गर्न निजी क्षेत्रमैत्री संस्थागत र नीतिगत निर्णय लिन लागिएको उद्योग मन्त्रालयले जनाएको छ ।
मन्त्री जोशीले १० वर्ष भित्र मुलुक भित्रै रोजगारीको अवसर सृजना गर्न औद्योगिक क्षेत्रको विकास गर्नुको विकल्प नरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण