गिट्टी कुटेको पैसा माग्दा बुढालाई कुटपिट
जाजरकोट, १९ जेठ । गिट्टी कुटेको पैसा माग्दा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका– ३ टट्टाकी पुतला बुढालाई कुटपिट गरिएको छ ।
जिल्लाको भेरी नगरपालिका–३ स्थित न्यु महालक्ष्मी कपडा पसलकी मालिक मायादेवी शाहीले उनलाई कुटपिट गरेका हुन् । गिट्टी कुटे वापत रु पाँच हजार मागेपछि अहिले छैन, पछि लैजानु भनेर शाहीले जवाफ दिएका थिए । घरमा खाने एक गेडा अन्न छैन, मलाई रु दुई सय जति भए पनि दिनु भनेर शाहीको अगाडि रोएकी बुढालाई मेरो पसलमा आएर रुने, अशुभ भयो, अव मेरो व्यापार हुँदैन भनि कपडा नाप्ने मिटरले टाउकोमा हिर्काएपछि उनी घाइते भई पसलभित्रै ढल्न पुगेकी थिइन् ।
बेहोस भई लडेकी बुढालाई स्थानीयले उपचारका लागि जिल्ला अस्पतालमा पु¥याएका थिए । भात खाने चामल लिएर आउँछु भनेकी आमा घाइते भएर अस्पतालमा छन् भनेको खबर सुन्दा उनका छोराछोरी रुदै अस्पताल पुगेका थिए ।
जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकको सल्लाह बमोजिम बुढालाई थप उपचारका लागि नेपालगन्ज ल्याएको उनका श्रीमान् शक्तिबहादुर बुढाले बताए । बुढा दैनिक गिट्टी कुटेर छोराछोरी पाल्ने महिला हुन् । गिट्टी नकुटे उनको चुलो बल्दैन् । उनका श्रीमान् मनबहादुर काठको काम गर्छन् ।
श्रीमती कुटिएको दिन मनबहादुर त्रिवेणी नलगाड नपा– ३ स्थित टट्टा घरमा गएका थिए । आर्थिक अवस्था कमजोर रहेका बुढा दम्पती काम गरेर दैनिक परिवार पाल्दै आएका छन् । काम गरेको पैसा माग्दा उल्टै साहुद्वारा कुटिनुपर्ने अवस्था निन्दनीय भएको स्थानीयको भनाइ छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण