छोरीमैयाँ मेमोरियल एकेडेमीलाई दुई लाख रुपैयाँ सहयोग
शुक्रबार, १९ जेठ २०७४, १३ : १९
काठमाण्डौ, जेठ १९( तनहुँको जनज्योति उच्च मावि भीमादका पूर्व विद्यार्थीले काठमाण्डौको छोरीमैयाँ श्रेष्ठ मेमोरियल एकेडेमीलाई दुई लाख रुपैयाँ सहयोग गरेका छन । २०४५ सालको एसएलसी ब्याचका विद्यार्थीले विपन्न विद्यार्थी र असहायका लागि काम गर्दै आएको छोरीमैयाँ एकेडेमीलाई सहयोग गरेका हुन । सहयोग गरिएको रकमबाट तनहुँकै कुनै एक विद्यालयमा कम्प्यूटर लाईब्रेरी स्थापनाका लागि कम्प्यूटर दिईने एकेडेमीका अध्यक्ष सुजाता श्रेष्ठले जानकारी दिइन् । संस्थाले यसअघि तनहुँका चार वटा विद्यालयमा २५ कम्प्यूटर सहयोग गरेर कम्प्यूटर लाईब्रेरी स्थापना गरेको छ । धादिंगका दुई विद्यालयमा छात्रवृत्रि पनि वितरण गरेको श्रेष्ठले बताइन् । त्यस्तै भूकम्पमा पनि संस्थाले पाँच जिल्लामा विपन्नहरुलाई सहयोग वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
-
अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अपेक्षा र आदिवासीको प्रतिनिधित्व समेट्न विज्ञहरूको सुझाव
-
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण