माफी मागेपछि भारतीय प्रहरी टोलीलाई छाडेका हौँ : प्रहरी
भीमदत्तनगर, १९ जेठ । नेपाल प्रहरीसित समन्वय नगरी अपहरणको शैलीमा नेपाली नागरिकलाई पक्राउ गरी भारत लैजाँदै गरेको अवस्थामा डोटीबाट पक्राउ परेको भारतीय प्रहरीको टोलीलाई आज छोडिएको छ ।
भारतको कर्णाटक राज्यबाट आएको प्रहरी नायब उपरीक्षक नागराजसहितको टोलीलाई आज कञ्चनपुर प्रहरीले सीमावर्ती भारतीय बजार वनवासा थानाका प्रहरी नायब निरीक्षक राजेश पाण्डेयको जिम्मा लगाएको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले पक्राउ परेका भारतीय प्रहरी दक्षिण भारतको कर्णाटकबाट आएका बताए । “भारतीय प्रहरीले समन्वय गर्नेबारे आफूहरुलाई थाहा नभएको भन्दै माफी मागे,” देउजाले भन्नुने – “अब आउँदा नेपाल प्रहरीसित समन्वय गर्छौं भनेका छन् ।” आउजी र पार्कीका विषयमा छानबिन भइरहेको उनले बताए ।
नागराजसहितको पाँचजना भारतीय प्रहरी टोली कञ्चनपुरकै गड्डाचौकी नाका प्रयोग गरी बुधबार राति डोटीको दिपायल–सिलगढी नगरपालिका–८ लडागडा पुगेको थियो । स्थानीयवासी लालबहादुर आउजीलाई अपहरणको शैलीमा पक्राउ गरी बुधबार राति नै जिपमा राखेर महेन्द्रनगर फर्कने क्रममा जिल्ला प्रहरी कार्यालय, डोटीको टोलीले भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको थियो ।
आउजीलाई राति घरबाट पक्राउ गरी कुटपिटसमेत गरिएको थियो । कुटपिटका क्रममा स्थानीयवासीले त्यसको प्रतिवादसमेत गरेका थिए । तर उनीहरुले आउजीलाई छुटाउन भने सकेनन् ।
सन् २०१६ सेप्टेम्बरमा भारतको कर्णाटकमा बैंक अफ महाराष्ट्रबाट १४ लाख भारतीय रुपैयाँ चोरी भएको र सो घटनामा लालबहादुरको संलग्नता रहेको भन्दै उनको खोजी गर्ने क्रममा भारतीय प्रहरी टोली डोटी पुगेको बताइएको छ ।
भारतको कर्णाटकमा मजदुरी गर्दै आएका दिपायल सिलगढी नगरपालिका– ८ का भाने पार्की, गणेश पार्की, डिल्ली पार्की, लाले पार्की, सुर्जे पार्की र प्रसाद पार्कीलगायतलाई भारतीय प्रहरीले पक्राउ गरेको उनीहरुको पारिवारिक स्रोतले जानकारी दिएको छ । पक्राउ गरिएका प्रसाद पार्कीलाई साथमा लिई भारतीय प्रहरी टोली डोटी पुगेको थियो । पार्कीकै सहयोगमा भारतीय प्रहरीले आउजीको घर पत्ता लगाउन सकेको हो ।
यसअघि २०७३ वैशाख १२ गते डोटी र अछामको सिमानामा पर्ने चौखुट्टेबाट पाँचजना भारतीय प्रहरी हतियारसहित पक्राउ परेका थिए । भारतीय प्रहरी हतियारसहित कञ्चनपुरको गड्डाचौकी नाका भएर डोटी पुगेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण