शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बैदेशिक रोजगार प्रवर्दन बोर्डमा करोडौको चक्कर

शुक्रबार, १९ जेठ २०७४, १३ : ४४
शुक्रबार, १९ जेठ २०७४
काठमाडौ, जेठ १९ – वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको ठुलो रकममा वैदेशिक रोजगार प्रवर्दन बोर्डले अनियमितता गर्ने तयारी गरेको छ । बोर्डले वैदेशिक रोजगारमा जाने १० हजार युवाहरुलाई विभिन्न किसिमका सीपमुलक तालिम दिने नाममा १४ करोड नेपाली रुपैँया खर्च गर्न लागेको हो । बोर्डले तालिम प्रदायक संस्थाहरुसँग मिली १४ करोड रुपैँया अपचलन गर्ने योजना बनाएको बताइएको छ । जानकारहरुका अनुसार तालिम प्रदायक संस्थाहरु नियमित तालिम सञ्चालन गराउनु भन्दा विभिन्न स्थानहरुबाट युवा युवतीहरुको फोटो र नागरिकताको प्रतिलिपी संकलन गरी कागजमामात्रै तालिम सम्पन्न गराउने खेलमा लागिरहेका छन् । जसका लागि बोर्डले २०७२÷९÷२९ मा तालिम प्रदायक संस्थाहरुको लागि आसयपत्र माग गरिएको सुचना प्रकाशन गरेको थियो । त्यसपछि २०७३÷११÷१३ मा आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरिएको थियो । २०७४÷२÷४ गते छनौट भएका संस्थाहरुलाई सम्झौता गर्न सुचना प्रकाशित गरियो र छनौट भई सम्झौता गर्नु पूर्व कम्तिमा पनि १ हप्ताको दावी विरोधको मौका दिनुपर्ने सार्वजनिक खरिद ऐनमा उल्लेख भए पनि सो अनुरुप नगरी छनौट भएका संस्थालाई सिधै सम्झौताका लागि बोलाईयो । तालिम प्रदायकक संस्थाहरुको छनौट २०७२÷९÷२९ मा प्रकाशित गरी कार्यक्रमलाई बन्द गरी राखिएको सो कार्यक्रम पुनः नयाँ सुचना प्रकाशित नगरी २०७३÷११÷१३ मा पुरानै छनोट भएका संस्थाहरुबाट आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरिएको छ । यसबाट पनि तालिम प्रदायक संस्थाहरुसँग वैदेशिक रोजगार प्रवर्दन बोर्डको मिलिभगत रहेको प्रश्टै छ । उक्त तालिमको कुल अवधि जम्मा ३२ दिन भएपनि सुचना मिति २०७४÷२÷४ गतेबाट अर्थात २०७४÷२÷११ सम्म सम्झौता गर्ने समय रहेको त्यस पश्चात तालिम प्रदायक संस्थाहरुले प्रशिक्षार्थीहरुका लागि छनौट प्रक्रिया १५ दिने सुचना मार्फत दिनु पर्ने हुन्छ । सो पश्चात तालिमका प्रशिक्षार्थीहरुको आवेदन नआएमा पुनः १ हप्ता म्याद थप्नु पर्ने प्रावधान छ । जस अनुरुप ३२ दिनको तालिम गराउन समय प्राप्त नहुने देखिन्छ । यसबाट सजिलै थाहा हुन्छ कि मुलुक चुनावी माहोलमा व्यस्त भएको मौका छोपी वैदेशिक रोजगारीमा रहेका नेपाली जनताहरुको रगत पसिनाको कमाई बोर्ड र तालिम प्रदायक संस्थाहरुको मिलि भगतमा अनियमितता भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप