प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन एमालेको सभामुखलाई आग्रह
शुक्रबार, १९ जेठ २०७४, १४ : ०२
जेठ १९, काठमाडौं -प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सभामुख ओनसरी घर्तीलाई आग्रह गरेको छ ।
शुक्रबार संसद भवन नयाँबानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेले संसद अवरुद्ध भईरहेका बेला प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सभामुख घर्तीलाई आग्रह गरेको हो । भरतपुर महानगरपालिकाको मतगणना गरेर संसद अवरोध नखुलेसम्म प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सुझाव दिइएको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
उनले त्यस सम्बन्धमा शिर्ष नेताहरुबीच छलफल गरी छिटो टुंगोमा पुग्न पनि सभामुखलाई सुझाव दिइएको पनि बताए ।
एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुरु नभए संसदमा कुनै पनि प्रक्रियामा भाग लिन नसकिने पनि स्पष्ट पारेको छ ।
यता, सत्तारुढ नेकपा माओवादी केन्द्रले भने प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने काम सभामुखको भएको टिप्पणी गरेको छ । सभामुखको स्वविवेकीय अधिकार भएकाले प्रधानमन्त्री निर्वाचन प्रक्रिया रोक्न नमिल्ने सुझाव दिइएको नेता रामनारायण बिडारीले जानकारी दिए ।
माओवादी केन्द्रले राष्ट्रपतिले प्रधानमन्त्री निर्वाचन गराउन दिएको आदेश अवज्ञा गर्ने अधिकार सभामुख र प्रमुख प्रतिपक्ष एमाले दुवैलाई नरहेको तर्क समेत गरेको छ । राष्ट्रपति विद्या भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न विहिबार नै संसदलाई आह्वान गर्नु भएको छ । तर संसद बैठक अवरुद्ध भएकाले सो प्रक्रिया अघि बढाउन सभामुखलाई अप्ठयारो परेको छ ।
बैठकमा अधिकांश दलका नेताहरुले संसद बैठक खोल्ने वातावरण बनाएर प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिएका थिए ।
संसद सचिवालयले २१ गते प्रधानमन्त्री निर्वाचन गर्ने तयारी गरेको छ । तर एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुरु नभई संसद बैठक सूचारु गराउन नदिने अडान राख्दै आएको छ । काँग्रेस, माओवादी केन्द्रले भने निर्वाचन सम्बन्धि काम निर्वाचन आयोगको भएको उल्लेख गर्दै त्यस्ता विषयलाई संसदमा प्रवेश गराएर एमालेले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण