शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

शुभबहादुरले स्वर्गीय दीपेन्द्रका मनपर्ने गीत सुनाउँदा दर्शक बने भाबुक

शुक्रबार, १९ जेठ २०७४, १४ : १५
शुक्रबार, १९ जेठ २०७४

काठमाडौ, जेठ १९ – स्वर्गीय युवराज दीपेन्द्र विरबिक्रम शाहदेव संगीत प्रेमी थिए भन्ने धेरैलाई थाहा होला । तर उनी कस्ता संगीत सुन्थे भन्ने कमैलाई मात्र थाहा छ ।

चलचित्र दीपेन्द्र सरकार घोषणा कार्यक्रममा उपस्थित प्राय सबैले दीपेन्द्रले सुन्ने संगीत केही भएपनि जानकारी पाए । संगीतकार शुभबहादुर सुनावले सबैलाई सो जानकारी गराएका हुन् ।

बिवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर निर्माण हुन लागेका चलचित्र दीपेन्द्र सरकार उनले सुन्ने गीत पनि राखिने भएको छ । जुन गीत संगीतकार शुभबहादुर सुनामले संगीत सहित उपलब्ध गराउने छन् । सुनाम दीपेन्द्रका संगीत गुरु पनि हुन् । कार्यक्रममा सुनामले दीपेन्द्रले सुन्ने गीत ‘रमायलो दीनको रमायलो छिनको सम्झना आउछ’, एक तर्फि माया म कति लाउ, हिमालको चिसो बोलका गीत गाएर सुनाए । उनले उक्त गीत गाउदा कार्यक्रममा उपस्थित सबै भावबिहोल भएका थिए ।

चलचित्रमा पनि सुनामकै शब्द तथा संगीतमा यी तीन गीत राखिने भएको छ ।

दीपेन्द्रको प्रेमकथालाई बिषेश रुपमा देखाउने उदेश्यले निर्माण हुन लागेको चलचित्रमा दीपेन्द्रको भुमिका अभिनेता प्रदीप खड्काले निर्बाह गर्दैछन् । आशुतोस फिल्मको ब्यानरमा सन्तोस सेनले निर्माण गर्न लागेको चलचित्र यो चलचित्रमा अन्य कलाकार फाइनल हुन बाँकी छन् ।

सेनले निर्माण गरेको चलचित्र ‘प्रेम गीत २’ प्रदर्शनको तयारीमा छ ।

https://www.youtube.com/embed/iilhacE_sa8

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप