शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विपक्षी गठबन्धनका तर्फबाट बामदेव प्रधानमन्त्रीका उम्मेदवार

शुक्रबार, १९ जेठ २०७४, १४ : ३८
शुक्रबार, १९ जेठ २०७४

जेठ १९, काठमाडौं -प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने तयारी भइरहेका बेला नेता शंकर पोखरेलले उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्रीको उम्मेदवारका लागि योग्य रहेको स्पष्ट पारे । उनले सरकारको नेतृत्वको विषयमा काँग्रेस भित्रैबाट पनि विकल्प खोजे स्वागत गर्ने प्रतिक्रिया पनि दिए ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै काँग्रेस सभापति शेरबहादुर देउवाको विकल्प खोजे आफनो पार्टीको पनि सहयोग रहने स्पष्ट पारे ।

उनले वर्तमान गठबन्धनलाई कायमै राखेर सरकार गठन गर्ने कुुरा राष्ट्र र जनताको हितमा नहुने पार्टीको निरन्तरको ठम्याई रहेको पनि स्मरण गराए ।

एमाले नेता पोखरेलले राष्ट्रिय जनता पार्टी, नेपाल निर्वाचनमा सहभागी हुने दावी समेत गरे । उनले निर्वाचन प्रक्रिया सुरु भएपछि सबै मधेश केन्द्रित दलहरु निर्वाचनमा भाग लिने बताए । नेता पोखरेलले निर्वाचनमा भाग नलिए मधेश केन्द्रित दलहरु आफै समाप्त भएर जाने चेतावनी समेत दिए ।

नेता पोखरेलले मधेशका जनताले निर्वाचन चाहेकाले कुनै पनि दल त्यसको विपक्षमा उभिने अवस्था नरहेको तर्क समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप