ओलीलाई भेटेर कमल थापाले भने, ‘एमालेले संसद अवरुद्ध गर्नु नाजायज’
काठमाडौ, जेठ १९ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेले भरतपुर प्रकरणलाई देखाएर संसद अवरुद्ध गर्नु जायज नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार सिंहदरवारमा विपक्षी नौ दलको बैठक चलिरहेका बेला एमाले अध्यक्ष केपी ओलीलाई भेट्न पुगेका अध्यक्ष थापाले भरतपुर प्रकरण र प्रधानमन्त्रीको निर्वाचन फरकफरक विषय भएकाले ति विषयलाई एकै ठाउमा राखेर बुझ्न नहुने बताए ।
उनले भरतपुर प्रकरणलाई जोडेर एमालेले संसद अवरुद्ध गर्नु कुनै हालतमा जायज नभएको दावी गरे ।
अध्यक्ष थापाले भरतपुरको विषय टुङग्याउने जिम्मेवारी निर्वाचन आयोगको भएकाले त्यसको निर्णय उसैले गर्नुपर्ने पनि बताए ।
निर्वाचनको समिक्षा गर्न ओलीलाई भेट्न आएको बताएका थापाले आफुले ओलीसँगको भेटमा पनि प्रधानमन्त्री निर्वाचन र भरतपुर प्रकरणलाई एउटै टोकरीमा हालेर एमालेले संसद अवरुद्ध गर्नु गैरजिम्मेवार हुने बताएको संचारकर्मीलाई भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण