शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अब पृथ्वी उल्टिएपनि निर्वाचनको मिति सर्दैन : नेता सापकोटा

शुक्रबार, १९ जेठ २०७४, १५ : ०२
शुक्रबार, १९ जेठ २०७४

काठमाडौ, जेठ १९ – नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले दोस्रो चरणको निर्वाचन असार १४ गते नै हुने दाबी गरेका छन् । काठमाडौमा शुक्रबार भएको साक्षत्कारमा उनले भने,‘अब पृथ्वी उल्टिएपनि निर्वाचनको मिति सर्दैन्, निर्वाचन हुन्छ, निर्वाचनको मिति कुनैपनि हालतमा सर्दैन् ।’

सापकोटाले दोस्रो चरणको निर्वाचनमा राजपा नेपालपनि सहभागी हुने विश्वास समेत व्यक्त गरे । सापकोटाले भने,‘प्रधानमन्त्री प्रचण्डले यो बीचमा भगीरथ प्रयास गर्नुभएको छ, यो कुरा दुनियाँलाई थाहा छ, मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनको लागि थुप्रै प्रयास भएका छन्, अब असार १४ गते निर्वाचन हुन्छ, र राजपा नेपालपनि निर्वाचनमा आउनुुहुन्छ ।’

उनले मधेशी जनतालाई पनि प्रधानमन्त्री प्रचण्डले उनीहरुको माग पूरा गर्नका लागि अथक प्रयास गरेको थाहा भएको स्पष्ट पारे ।

सापकोटाले कांग्रेस र माओवादी केन्द्रवीचको गठबन्धन नै कायम रहने बताउँदै यसले बाँकी तहका निर्वाचन समयमै सम्पन्न गर्ने विश्वास व्यक्त गरे । उनले भने,‘हामीलाई राम्रोसँग थाहा छ, यसअघिका भद्र सहमति कसरी तोडिए भनेर, यसपटक हामी भद्र सहमति तोड्दैनौं।’ कांग्रेस र माओवादी केन्द्रको गठबन्धन नै कायम रहने र यसले संविधान कार्यान्वयको लागि महत्वपूर्ण कार्यभार पूरा गर्ने उनको विश्वास थियो ।

उनले पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै सिंहदरबारको अधिकार गाउँसम्म पुगेको समेत बताए । उनले भने,‘स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नयाँ युगको प्रारम्भ भएको छ, सिंहदरबारको अधिकार गाउँसम्म पुगेको छ ।’ उनले कांग्रेस सभापति देउवाको नेतृत्वको सरकारले बाँकी तीन तहकै निर्वाचन तोकिएकै मितिमा सम्पन्न गरेपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप