क्याप्टेन कैलाश गुरुङको अन्तिम संस्कार गरिँदै
काठमाडौँ, जेठ १९ – गत मंगलबार बाजुराको कोल्टी विमानस्थलमा विमान दुर्घटना हुँदा ज्यान गुमाएका नेपाली सेनाका महासेनानी कैलाश गुरुङको आज अन्तेष्टि गरिँदैछ ।
हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा उनको ज्यान गएको थियो ।
गुरुङको ४७ बर्ष अघि पूर्वि नेपालको पहाडी जिल्ला भोजपुरको छिनामखु–४ घोरेनागी हालकोे ट्याम्के मैयुङ गाउँपालिका वडा नं २ मा गुरुङको जन्म भएको थियो ।
बाबु नरबहादुर गुरुङका चार छोरा र चार छोरी मध्ये कैलाश माइलो छोरा थिए ।
२०४६ सालमा सेकेन्ड लेफ्टिनेन्टबाट नेपाली सेनामा प्रवेश गरेका गुरुङ सैनिक हवाई महानिर्देशनालयमा विमान चालकका रुपमा कार्यरत थिए ।
उनी गीत संगीत र साहित्यमा उत्तिर्कै दख्खल राख्दथे । उनका थुप्रै गीतहरु एल्बमका रुपमा बजारमा छन् ।
उनकी श्रीमती पनि नेपाली सेनामै कार्यरत छिन् । कानुन विभाग अन्र्तगत इटहरीमा प्रमुख सेनानी पदमा कार्यरत छिन् ।
कैलाशका दुई छोरीहरु छन् । ठूली छोरी १२ बर्षकी छिन् ।
आज गुरुङप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरियो । स्व गुरुङको शव अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा आज बिहान ११ देखि दिउँसो २ बजेसम्म राखिएको थियो । विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले प्रज्ञा भवन पुगेर गुरुङप्रति श्रद्धासुमन व्यक्त गरे । गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की ऊर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्यमन्त्री गगनकुमार थापा, श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ, सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ प्रज्ञा भवन पुगेका थिए । यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता केबी गुरुङलगायत नेता तथा नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नेताहरु सुवास नेम्वाङ, अग्नि खरेल, शेरधन राईलगायतले स्व गुरुङप्रति श्रद्धाञ्जलि अर्पण गरे । त्यसैगरी सांस्कृतिक क्षेत्रका ख्यातिप्राप्त व्यक्ति, रचनाकार, गीतकार तथा शुभेच्छुक सर्वसाधारणले पनि गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । स्व गुरुङको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने उनको परिवारले जनाएको छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण