जिल्ला प्रशासन कार्यालयका नासुबिरुद्ध भ्रष्टाचार मुद्धा
जेठ १९, काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंको नाबालक परिचयपत्र शाखामा कार्यरत नायव सुब्बा गोविन्द पुडासैनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गरेको छ ।
केही दिनअघि आयोगले मुक्तिनाथ दवाडीसँगको मिलेमतोमा नावालक परिचयपत्र बनाउने प्रयोजनका लागी घुस लिईरहेको अवस्थामा नासु पुडासैनीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । मुक्तिनाथ दवाडी सेवा निवृत नायव सुब्बा हुन् । २६ हजार घुस रकमसहित पक्राउ परेका पुडासैनी र दवाडी दुबै बिरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
पुडासैनीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै आयोगले निजलाई २५ हजार बिगो कायम गरेर जरिवाना र कैद सजाय गर्न मागदावी गरेको छ । त्यस्तै आयोगले सेवा निवृत नासु दवाडीलाई २६ हजार बिगो कायम गर्दै जरिवाना र कैद सजाय माग दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण