‘औकात’ मा भेटिइन् अभिनेत्री मोनिका
सप्तरी, जेठ १९ –केही नेपाली चलचित्र अभिनयपछि एकाएक हराएकी अभिनेत्री मोनिका दाहाल अब मैथली चलचित्रमा भेटिने भएकी छन् । छिन्नमस्ता फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुन लागेको मैथिली चलचित्र ‘औकात’ अभिनयमा उनी देखिने भएकी हुन् । बुधबार शम्भुनाथ मन्दिरमा विधिवत पूजा–आजा गरि शुभ–मुर्हत गरिएको चलचित्रको मालिक पण्डित, रामटहल यादव निर्माता हुन् भने अन्सारुल सह–निर्माता रहेका छन् । चलचित्र राजु राजदेव चौधरीको निर्देशनमा बन्न लागेको हो । धनराज चौधरी, मोनिका दाहाल, सबुरलाल सरदार, सब्बिर आलम र अधिकलाल यादवको अभिनय रहने चलचित्रमा यज्ञ पराजुलीको छायाँकन, दर्पी सरदार ‘मुस्कान’को नृत्य रहने छ । चलचित्रको आयटम गीतमा मायापुरीले नृत्य गर्नेछिन् । ६ गीत रहने चलचित्रका गीतमा अन्जु यादव, सन्नु खङ्ग, भागवत मण्डल र बिरेन्द्र झाँले स्वर दिएका छन् । जातिय विभेद तथा शोषक र शोषित वर्ग बीचको लडाई चलचित्रको बिषय बनाइएको छ । लुम्बिनी, कन्युम, फिदिम, गाइघाट, सप्तरी, सिरहालगायतका स्थानमा चलचित्रको छायाँकन हुने निर्देशक राजु राजदेव चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण