संसदको कार्यसूचि :प्रधानमन्त्री चयनका लागि सूचना प्रकाशित
शुक्रबार, १९ जेठ २०७४, १६ : ५४
जेठ १९, काठमाडौं– संसद सचिवालयले प्रधानमन्त्री चयनका लागि सूचना जारी गरेको छ । नयाँ सूचना अनुसार जेठ २१ गते आइतवार संसदमा प्रधानमन्त्री चयनका लागि निर्वाचन हुनेछ । कार्यसूचि अनुसार शनिवार प्रधानमन्त्री पदका लागि उम्मेदारी दर्ता र भोलि नै उम्मेदवारीको सूचि प्रकाशित हुनेछ ।
सूचना अनुसार भोलि विहान ११ देखि ४ बजेसम्म उम्मेदवारीका सूचना दर्ता गर्ने कार्यक्रम छ । भोलि नै अपरान्ह साढे ४ मा प्रधानमन्त्रीका उम्मेदवारको सूचि प्रकाशित गर्ने कार्यक्रम छ । पर्सी विहान ११ बजे संसद वैठक, प्रस्तावक र समर्थकले समर्थन र उम्मेदवारको सूचनामाथि सामुहिक रुपमा छलफल हुने र एकैसाथ निर्णयार्थ प्रस्तु गर्ने कार्यसूचीसहितको सूचना संसद सचिवालयले जारी गरेको छ ।
व्यवस्थापिका संसद नियमावली २०७३ नियम ४९ को उपदफा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन गर्न लागेको सचिवालयको सूचनामा छ ।
सभामुख ओनसरी घर्तीले कार्य व्यवस्था परामर्श समिति र प्रमुख दलका शिर्ष नेताहरुसँगको छलफलपछि सूचना टाँस गरेर आईतबार ११ बजे निर्वाचन हुनेगरी प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु गरिएको जानकारी दिएकी हुन् ।
संसद सचिवालयले आईतबार ११ बजे प्रधानमन्त्री चयन हुनेगरी प्रक्रिया अघि बढाएको हो । सहमतिमै प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने प्रयास असफल भएपछि सभामुख घर्तीले सूचना टाँस गरेर प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु गरेकी हुन् ।
प्रमुख तीन दलले दिएको सुझावलाई समेत ध्यानमा राखेर संविधान, कानुन र संसदीय नियमावली अनुसार प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु गरिएको सभामुख घर्तीले जानकारी दिइन् ।
काँग्रेस नेता रमेश लेखकले संविधान र कानुन अनुसार सूचना टाँस गरेरै प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु गर्न सभामुखलाई सुझाव दिइएको बताए । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले संविधान र कानुन अनुसार निर्णय लिन सभामुखसँग आग्रह गरिएको बताए । उनले प्रधानमन्त्री निर्वाचनलाई भरतपुर महानगरपालिकाको मतगणनासँग जोडेर हेर्न नमिल्ने पनि उल्लेख गरे ।
यता, प्रमुख प्रतिपक्ष एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भने संसद सुचारु गराएर मात्रै प्रधानमन्त्री निर्वाचन गराउँदा उपयुक्त हुने सुझाव दिइएको बताए । उनले बाहिरबाटै प्रधानमन्त्री निर्वाचित गराएर उल्टो बाटो नहिँडन सचेत गराइएको भन्दै आक्रोश पनि व्यक्त गरे ।
गत जेठ ९ गते प्रधानमन्त्रीले प्रचण्डले राजीनामा गरेपछि अर्को दिन राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकारका लागि एक साताको समय दिएकी थिइन् । तर, दलहरुबीच सहमति नबनेपछि राष्ट्रपतिले हिजो बहुमतीय सरकार गठनका लागि आव्हान गरेकी थिइन् । सोही अनुसार आज संसद सचिवालयले प्रधानमन्त्री चयनको कार्यसूचि टाँस गरेको हो ।
यस अघि कार्यसूचिमा सहमति जुटाउन सभामुखले बोलाएको कार्यव्यवस्था वैठकमा भने कार्यसूचिमा सहमति जुटेको थिएन । त्यसलगत्तै सभामुखले तीन दलका प्रमुख सचेतकसँग पनि वैठक गर्नुभएको थियो । त्यहाँ पनि सहमति नभएपछि सभामुखको निर्देशन अनुसार प्रधानमन्त्री चयनका लागि संसद सचिवालयले कार्यसूचि टाँस गरेको हो ।
यस अघि एमाले सहितको विपक्षी गठबन्धनले सुचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन हुन नसक्ने बताएको थियो । एमाले संसदीय दलको कार्यलय सिंहदरवारमा शुक्रबार एमालेसहित नौ दलको विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्रीको निर्वाचन गर्न सरकारले संसद खोल्ने बातावरण बनाउनुपर्ने निश्कर्ष निकालेको थियो ।
बैठकपछि माले महासचिव सिपी मैनालीले संसद अवरुद्ध हुनुमा सरकारकै कमजोरी रहेको बताएका थिए । नेता मैनालीले विपक्षीले संसद अवरद्ध गरेका बेला सुचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन गर्न लागेकोबारे बैठकमा छलफल भएको र त्यसो गरिए मुलकुमा अत्यनत गलत नजिर बस्ने ठहर गरेको पनि बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण