शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

घरको छतबाट खसेर बालकको मृत्यु

शनिबार, २० जेठ २०७४, ११ : ४१
शनिबार, २० जेठ २०७४
  दाङ, २० जेठ । घरको छतबाट खसेर बालकको मृत्यु भएको छ । छतमा खेलिरहेको अवस्थामा खस्दा राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत डा जीतनारायण यादवका आठ वर्षीय छोरा आदित्य यादवको मृत्यु भएको हो । राप्ती उपक्षेत्रीय अस्पतालको क्वाटरमा बस्दै आउनुभएका आदित्य भवनको छतमा खेल्ने क्रममा हिजो बेलुका खसेको बताइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जनार्दन पन्थीले भवनको छतमा खेल्दै गरेका बालक एकाएक छतबाट खसेका बताउनुभयो । उनको उपचारकै क्रममा मृत्यु भएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप