समाचार
अवकाशमा जान लागेका उपरथी प्रेमप्रकाश सैनिक प्रहरीको नियन्त्रणमा
मङ्गलबार, १९ पुस २०७९, १४ : ४२
काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम प्रकाश शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । निरीक्षणाधिकृत विभागबाट एक महिनाअघि बिदामा बसेका शाही पुस २० मा नियमित अवकाशमा जाँदैछन् । तर, अवकाशमा जानुअघि उनलाई सैनिक मुख्यालय जङ्गी अड्डामा नियन्त्रणमा लिएर राखिएको हो ।
उपरथी शाहीलाई छानबिनका लागि जङ्गी अड्डामा बस्न आदेश भएको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँसँग केही विषय बुझ्नुपर्ने भएकाले जङ्गी अड्डास्थित ब्यारेकमा बस्न भनिएको छ ।’ उनलाई के विषयमा छानबिन गर्न लागिएको भन्नेबारे भने खुलाइएको छैन ।
सैनिक प्रहरीले नियन्त्रणमा लिएर उनलाई स्वास्थ्य परीक्षणका लागि छाउनीस्थित सैनिक अस्पतालमा लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
-
दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
-
कसरी उठ्यो अफ्रिका ? किन चुक्यो एसिया ?
-
३८ जना नेता–कार्यकर्ताले छाडे नेकपा (माओवादी)
-
अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण