नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी
सारांश
- नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष पदका लागि २४ जनाको उम्मेदवारी परेको छ।
- वर्तमान निमित्त रजिस्ट्रार रवीकान्त मिश्रसहित २४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।
- यस्तै, ३७ जनाले परिषद्को रजिस्ट्रार पदका लागि उम्मेदवारी दिएका छन्।
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ जनाको उम्मेदवारी परेको छ । वर्तमान निमित्त रजिष्ट्रार रहेका रवीकान्त मिश्रसहित २४ जनाको अध्यक्षमा उम्मेदवारी परेको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नीरन्जन थापा, सगुन पौडेल, मिरज सुवेदी, रन्जीत ठाकुर, कमल रानाभाट, मुकेश कुमार मिश्र, सुरज साह, सुरज भुसाल, सोम कान्त बराल, राजेश प्रसाद यादवको अध्यक्षमा उम्मेदवारी परेको छ।
यस्तै महेन्द्र प्रसाद भट्ट, दामोदर रोक्का, ज्यानेन्द्र झा, विजय शंकर यादव, आमोद कुमार पौडयाल, जितेन्द्र ठाकुर, मुकेश कुमार झा, ईस्वरीय लामिछाने, हरि कुमार लम्साल, मुकेश कुमार यादव, भुवन साउद, रमेश भट्ट, गोविन्द पौडेलले अध्यक्षमा उम्मेदवारी दिएको स्वास्थ्य मन्त्रालयको सूचनामा उल्लेख छ।
यस्तै ३७ जनाले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को परिषद्को रजिष्ट्रारमा उम्मेदवारी दिएका छन्। परिषद्को रजिष्ट्रारमा गंगाराज अर्याल, हरि प्रसाद भुसाल, रन्जीत ठाकुर, चाँदनी जयसवाल, ज्ञानेन्द्र दवाडी, अविनाश झा, तुलसी प्रसाद सुवेदी, रमेश श्रेष्ठ, रोशनकुमार महतो, नरेश कुमार शाह, मनु पन्थी, गंगा प्रसाद जोशी, सोमाकान्त बराल, भुवन साउद, तुल्सीराम भण्डारी, नविनकुमार झा लगायतको उम्मेदवारी परेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
-
५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण