शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदहरुलाई २ दिने प्रशिक्षण दिँदै एमाले

मङ्गलबार, १९ पुस २०७९, २१ : ०२
मङ्गलबार, १९ पुस २०७९

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई संसदीय अभ्यासबारे २ दिने प्रशिक्षण दिने भएको छ । पार्टी संसदीय विभागको आयोजनामा पुस २३ र २४ गते सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम राखिएको एमालेले जनाएको हो । 

प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङसहित संसदीय राजनीतिका जानकारहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । 

सचिवालय र संसदीय दलबीचको सम्बन्धका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संविधान सभा अध्यक्ष समेत रहेका नेता नेम्वाङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप