सांसदहरुलाई २ दिने प्रशिक्षण दिँदै एमाले
मङ्गलबार, १९ पुस २०७९, २१ : ०२
काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई संसदीय अभ्यासबारे २ दिने प्रशिक्षण दिने भएको छ । पार्टी संसदीय विभागको आयोजनामा पुस २३ र २४ गते सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम राखिएको एमालेले जनाएको हो ।
प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष समेत रहेका नेता सुवास नेम्वाङसहित संसदीय राजनीतिका जानकारहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
सचिवालय र संसदीय दलबीचको सम्बन्धका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संविधान सभा अध्यक्ष समेत रहेका नेता नेम्वाङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण