प्रदूषण बढाएको भन्दै लुम्बिनी चिनी मिलमा तालाबन्दी
नवलपरासी । उद्योग परिसरमा प्रदूषण बढेर स्थानीयलाई असर गरेको भन्दै पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले तालाबन्दी गरेका छन् ।
प्रदूषण नियन्त्रणमा उद्योगले कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् । खरानी सहितको कालो धुलोको कारण सास्ती खेप्दै आएका स्थानीयहरूले पटक पटक उद्योगलाई प्रदूषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् ।
उद्योग सञ्चालनका क्रममा इन्धनको रूपमा प्रयोग गरिने भुसबाट कालो धुलोको कणहरू सुनवल क्षेत्रमा फैलने गरेको छ । धुलोले बालीनाली र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै मंगलबार दिउसो स्थानीयहरूको एक समूहले उद्योगमा तालाबन्दी गरी समस्या समाधान नभएसम्म उद्योग नचलाउन चेतावनी दिएको स्थानीय जीवन पौडेलले जानकारी दिए ।
उद्योगका प्रशासन प्रमुख कुश सुवेदस्ले आफूहरुले प्रदूषण नियन्त्रणका लागि उपकरण खरिद प्रक्रिया सुरु गरेको बताउँदै केही दिनभित्रै समस्या समाधान हुने उल्लेख गरे । उद्योगले केही दिनअघिदेखि उखु क्रसिङ्ग सुरु गरेपछि प्रदूषण फैलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण