समाचार
सुदूरपश्चिममा नयाँ सरकार गठन गर्न आह्वान, पुस २७ सम्मको समय
बुधबार, २० पुस २०७९, १४ : ०६

कैलाली । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार पुस २७ गते बेलुका ५ बजेसम्मको समय दिएर नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलले बहुमत प्रापत नगरेकाले उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि जोशीले आह्वान गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
विज्ञप्तिअनुसार दलहरुले बहुमत देखाएर २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
-
राज्य जिम्मेवारीबाट पन्छिँदा कालोसूचीमा पर्नेहरू बढे
-
कांग्रेस सभापति देउवा किन जाँदै छन् थाइल्यान्ड ?
-
‘आचरणसम्बन्धी व्यवस्था उल्लंघन नगरे कालोसूचीमा परिँदैन’
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
-
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने