जाडो मौसममा युरोपमा ‘रेकर्ड स्तरको गर्मी’, स्पेनको तापक्रम २५ डिग्री पार
युरोपका धेरै देशमा जनवरी महिनामा रोकर्ड तोड्ने गर्मी भइरहेको छ । यो महिना युरोपका आठ देशमा तापक्रमको राष्ट्रिय रेकर्ड र तीन देशमा क्षेत्रीय रेकर्ड तोडिएको छ ।
आइतबार पोल्याण्डमा १८.९ डिग्री सेल्सियस र स्पेनमा २५.१ डिग्री सेल्सियस थियो, जुन औसतभन्दा २५ डिग्री बढी थियो ।
यसैबीच, उत्तर अमेरिका भयंकर हिम आँधीको सामना गरिरहेको छ । केही दिन अघि यहाँ हिम आँधी आएको थियो जसमा करिब ६० जनाको मृत्यु भएको छ ।
यद्यपि, एट्लान्टिकको युरोपेली भागका धेरै ठाउँहरूमा मौसमको अवस्था फरक छ ।
नेदरल्याण्ड, लिथुआनिया, लाटभिया, चेक रिपब्लिक, पोल्याण्ड, डेनमार्क र बेलारुसमा तापक्रमले सबै रेकर्ड तोडिरहेको छ ।
जनवरी १ मा बेलारुसमा तापमान १६.४ डिग्री थियो, जुन अघिल्लो रेकर्डभन्दा ४.५ डिग्री बढी थियो ।
यसैबीच, स्विट्जरल्याण्डको तापक्रम २० डिग्री सेल्सियस छ, जसका कारण हिउँ पर्ने पर्यटकीय स्थलहरूमा हिउँ कम भएको छ ।
जर्मनी, फ्रान्स र युक्रेनको अवस्था लगभग उस्तै छ। केही दिनअघि बेलायत, आयरल्याण्ड, फ्रान्स र स्पेनले सन् २०२२ लाई सबैभन्दा तातो वर्ष घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण