शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनावरले आनन्दसँग हस्तमैथुन गर्न पाओस् भन्दै यो शहरमा रद्द गरियो नयाँ वर्षको कार्यक्रम

बिहीबार, २१ पुस २०७९, १६ : ३१
बिहीबार, २१ पुस २०७९

आफ्नो घरभन्दा धेरै टाढा एउटा वालरस डिसेम्बरमा ब्रिटेनको स्कारबोरोको तटमा आयो । यो विशाल स्तनधारी समुद्री जीवलाई हेर्न निकै टाढाबाट मानिस आए । यो वालरसलाई उनीहरुले नामसमेत दिए – थोर । यो जनावरलाई यहाँ निकै आनन्दित भएर हस्तमैथुन गरेको देखियो ।

त्यसपछि त्यहाँका मानिसहरुले एउटा निर्णय गरे । थोरलाई महत्व दिँदै स्कारबोरोका मानिसहरुले शहरमा नयाँ वर्षको पूर्व सन्ध्यामा हुने आतिशबाजीको कार्यक्रम रद्द गरिदिए । मानव मनोरञ्जनभन्दा पनि माथि एक वन्य जीवलाई प्राथमिकता दिइयो, जसका लागि यहाँका मानिसहरुको निकै प्रशंसा भयो । त्यहाँका मानिसहरुलाई के लाग्यो भने, आतिशबाजीका कारण यो वालरस डराउन सक्थ्यो र आफ्नो क्रियाकलाप छोडेर भाग्न सक्थ्यो ।

walrusयो वालरस यहाँ ३० डिसेम्बरमा यहाँ देखिएको थियो । वालरसलाई सुरक्षित राख्नका लागि एउटा घेरा पनि बनाइएको थियो । यो जनावर यहाँ यात्रामा आएको थियो । तर यो यहाँ यति सहज भइदिएको थियो कि उसले यहाँ फ्लिपरका साथै हस्तमैथुनसमेत गर्न सुरु गरिदियो ।

जनावरले यस्तो गर्नु तपाईंलाई अचम्म लाग्न सक्छ तर यो थुप्रै जंगली जनावरमा साधारण हो । थोर त हस्तमैथुन मात्रै गरिरहेको थियो, जबकी केही वालरसले आफैँसँग मुखमैथुन गरिरहेको पनि देखिन्छन् ।

तपाईंले सोचिरहनुभएको होला कि अरु कुन जनावरले हस्तमैथुन गर्छन् । जंगली प्राइमेट्स, घोडालगायतले यस्तो गर्छन् । केही जनावर यस्तो गर्नका लागि केही वस्तुको समेत सहयोग लिने गर्छन् ।

स्काराबोरोमा आतिसबाजीको कार्यक्रम रद्द गर्दा थोरले आनन्दले हस्तमैथुन त गर्न सक्यो तर ऊ नयाँ वर्ष सुरु हुनु अघि नै शहरबाट बाहिरियो ।

walrus2वालरस साधारणतया क्यानडा, ग्रिनल्याण्ड, नर्वे र रुसको तटमा बरफले ढाकिएको पानीमा पाइन्छ । युरोपेली आवासमा यिनीहरुको बढ्दो उपस्थिति, समुद्री बरफ नष्ट हुँदा र जलवायु परिवर्तनका कारण पनि हुनसक्छ ।

गायब भइरहेको समुद्री बरफका कारण अलास्काको समुद्री तटमा वालरसको हज्जारौँ संख्या जम्मा भएको देखिएको थियो । यी जनावर यत्तिको संख्यामा देखिनु विनाशकारी हुनसक्छ किनभने यिनीहरुमा भागदौडका कारण साना वालरस घाइते हुने वा मारिने सम्भावना बढी हुन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप