बीएएलएलबी प्रवेश परीक्षाको नतिजा प्रकाशित
शनिबार, २३ पुस २०७९, ०८ : १९
त्रिवि कानुन सङ्कायद्वारा गत मङ्सिर १७ गते सञ्चालित बीएएलएलबी प्रथम सेमेस्टरमा भर्नाका लागि प्रवेश परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूको लिखित प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ ।
कोटासहित त्रिविको आङ्गिक क्याम्पसहरू, नेपाल ल क्याम्पस, काठमाडौँको लागि १०५, पृथ्वीनारायण क्याम्पस, पोखराको लागि ७० र त्रिवि। को सम्बन्धन प्राप्त नेशनल ल कलेज, सानेपाको लागि १०५ गरी जम्मा २८० सिटका लागि मात्र योग्यता क्रममा रहेका परीक्षार्थीहरूको नतिजा प्रकाशित गरिएको हो।
प्रकाशित नतिजा उपर कुनै गुनासो भएमा परीक्षार्थीहरूले परीक्षाफल प्रकाशित भएको मितिले ०५ दिन भित्र त्रिवि कानुन सङ्काय डीनको कार्यालयमा निवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ । नतिजा https://www.fol.edu.np मा समेत हेर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण