राजनीति
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
शनिबार, २३ पुस २०७९, १२ : ४५

काठमाडौँ । शनिबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । बैठकमा नयाँ मन्त्री, सरकारका काम कार्वाही र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँगको एकताका विषयमा छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए ।
उनले भने, ‘प्रचण्डसहित उपलब्ध पदाधिकारी बैठक बस्दै छ । बैठकमा नयाँ मन्त्री, सरकारका काम कार्वाही र बाबुराम भट्टराई नेतृत्वको पार्टीसंगको एकताका बिषयमा छलफल हुन्छ । बैठक केहीबेरमा सुरु हुँदैछ ।’ आजै प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईसँग पार्टी एकताका विषयमा छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएलएफआईका नेतालाई नेपालले भारत सुपुर्दगी गरेको आरोप
-
विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक विमोचन
-
महिलाले पूर्ण सुरक्षित महसुस कहिले गर्ने ?
-
एकै दिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
-
सुनिल शेट्टीलाई सधैँ आउँथ्यो अन्डरवर्ल्डको फोन : भने, ‘म उनीहरूलाई गाली गर्थेँ तर प्रहरीले भने...’
-
कालीप्रसादले तताए पोखरा