शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सप्तरीमा सवारी दुर्घटना : २ जनाको मृत्यु

आइतबार, २४ पुस २०७९, २२ : १५
आइतबार, २४ पुस २०७९

सप्तरी । सप्तरीको हुलाकी राजमार्ग खडक नगरपालिकामा बिग्रर राखिएको टिपरमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बिग्रेर राखिएको स.१ ख ९२८ नम्बरको टिपरमा बोदे बर्साइनबाट राजविराजतर्फ आउँदै गरेका बा.८९प ३२१५ र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परी दुई जनाको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

बा ८९ प ३२१५ नम्बरको मोटरसाइकलका चालक खडक नगपालिका ११ बनौली बस्ने २० पर्षीय बैजु भनिने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको कोटरसाइकलका चालक डाक्नेश्वरी नगरपालिका १० बस्ने २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकलको पछाडी सवार डाक्नेश्वरी १० बस्ने २२ वर्षीय सुमन चौधरी र बा ८९ प ३२१५ नम्बरको कोटरसाइकलको पछाडि सवार खडक नगरपालिका ११ बनौली बस्ने २२ वर्षीय बुधन चौधरी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीइसपी नरेश कुमार सिंहले जानकारी दिए । टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप