संसद्मा गृहमन्त्री लामिछानेलाई बोल्न दिन कांग्रेससँग राप्रपाको माग
शुक्रबार, ०४ जेठ २०८१, १४ : २७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्मा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गर्न दिनुपर्ने माग राखेको छ । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा माग अघि सारेको राप्रपाका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
उनले संसद्मा गृहमन्त्रीलाई बोल्न दिने माग गरेको बताउँदै सदनमा बोल्न दिएपछि मात्रै संसद्मा थप छलफल हुने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेको बताए ।
गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको माग लिएर संसद्मा एक्लै अवरोध गर्दै आइरहेको कांग्रेसले शुक्रबार विपक्षी दलहरूको पनि साथ खोज्दै छलफल अघि बढाएको थियो । तर अन्य दलहरूले कांग्रेससँग मिलेर अघि बढ्ने वा नबढ्नेमा कुनै निष्कर्ष नदिएको शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेटो शिखर सम्मेलन सुरु, कसका के छन् दाउ ?
-
सुदूरपश्चिम प्रदेशसभामा बजेटसम्बन्धी विधेयक टेबल
-
मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
-
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त
-
सुदूरपश्चिममा विकास बजेट खर्च सधैँ न्यून, योजना अनुसार काम गर्न सक्दैन सरकार
-
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बैठक असार २५ गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण