सरोज खनालद्वारा निर्देशित चलचित्र बगानको भर्जिनियामा प्रदर्शन
नेपालबाट अमेरिकाको भ्रमणमा आएका कलाकार सरोज खनालले निर्देशन गरेको पहिलो चलचित्र बगानको भर्जिनियामा प्रथम प्रदर्शन (प्रिमियर सो) भएको छ । दर्शकहरूले चलचित्र उत्कृष्ट लागेको प्रतिक्रिया दिएका थिए। अधिकांशले चलचित्रको अन्तिम समयको दृश्य र संवादले भावुक बनाएको र आँखा भरि आँसु आएको प्रतिक्रिया दिएका थिए ।
चलचित्रको कथा वस्तु निकै उत्तम र कलाकारहरूको अभिनय उत्तिकै बेजोड भएको दर्शकहरूले बताए । धेरै दर्शकहरूले कलाकार करिस्मा मानन्धरको दमदार अभिनय भनी मुक्त कण्ठले प्रशंसा गरे । समग्रमा सरोज खनालद्वारा निर्देशित पहिलो चलचित्र बगानमा उत्कृष्ट रहेको दर्शको प्रतिक्रिया थियो ।
चलचित्रका निर्देशन खनाल र निर्माता सुरेश वाग्ले पनि दर्शकसँगै बसेर चलचित्र हेरेका थिए ।
अल्पायुमै बिधुवा भएकी आमाले आफ्ना सन्तान प्रतिको दायित्व र सन्तानको कर्तव्यको पेरिफेरीमा बनेको चलचित्रमा निर शाह ,वसुन्धरा भुसाल, मिथिला शर्मा ,करिस्मा मानन्धर ,सरोज खनाल, आकाश श्रेष्ठ, प्रमीला कार्की लगायतको अभिनय रहेको छ । नायिका प्रमीला कार्कीको कामको पनि दर्शकले प्रशंसा गरेका थिए ।
सरोज खनालले चलचित्र सुरु हुनु अगाडी आफ्नो पहिलो प्रयास भएको र सल्लाह सुझाव दिन समेत आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण