मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सरोज खनालद्वारा निर्देशित चलचित्र बगानको भर्जिनियामा प्रदर्शन

मङ्गलबार, २६ पुस २०७९, ०७ : २९
मङ्गलबार, २६ पुस २०७९

नेपालबाट अमेरिकाको भ्रमणमा आएका कलाकार सरोज खनालले निर्देशन गरेको पहिलो चलचित्र बगानको भर्जिनियामा प्रथम प्रदर्शन (प्रिमियर सो) भएको छ । दर्शकहरूले चलचित्र उत्कृष्ट लागेको प्रतिक्रिया दिएका थिए। अधिकांशले चलचित्रको अन्तिम समयको दृश्य र संवादले भावुक बनाएको र आँखा भरि आँसु आएको प्रतिक्रिया दिएका थिए ।

चलचित्रको कथा वस्तु निकै उत्तम  र कलाकारहरूको अभिनय उत्तिकै बेजोड भएको दर्शकहरूले बताए । धेरै दर्शकहरूले कलाकार करिस्मा मानन्धरको दमदार अभिनय भनी मुक्त कण्ठले प्रशंसा गरे ।  समग्रमा सरोज खनालद्वारा निर्देशित पहिलो चलचित्र बगानमा उत्कृष्ट रहेको दर्शको प्रतिक्रिया थियो । 

चलचित्रका निर्देशन खनाल र निर्माता सुरेश वाग्ले पनि दर्शकसँगै बसेर चलचित्र हेरेका थिए ।

अल्पायुमै बिधुवा भएकी आमाले आफ्ना सन्तान प्रतिको दायित्व र सन्तानको कर्तव्यको पेरिफेरीमा बनेको चलचित्रमा निर शाह ,वसुन्धरा भुसाल, मिथिला शर्मा ,करिस्मा मानन्धर ,सरोज खनाल, आकाश श्रेष्ठ, प्रमीला कार्की लगायतको अभिनय रहेको छ । नायिका प्रमीला कार्कीको कामको पनि दर्शकले प्रशंसा गरेका थिए । 

सरोज खनालले चलचित्र सुरु हुनु अगाडी आफ्नो पहिलो प्रयास भएको र सल्लाह सुझाव दिन समेत आग्रह गरेका थिए । 

BAGAAN-Copy-900x900

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप