शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेस गर्न एमालेसहितका दलहरु प्रदेश प्रमुखको कार्यालयमा

बुधबार, २७ पुस २०७९, १२ : २२
बुधबार, २७ पुस २०७९

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि सत्ता गठबन्धन दलका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

सत्ता गठबन्धनबाट एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न  एमालेसहित दलहरू केहीबेरअघि प्रदेश प्रमुखको कार्यलयमा पुगेका हुन् ।

प्रदेश प्रमुख प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई सरकारमा दाबी पेस गर्न दिएको समयसीमा आज सकिन लागेको सन्दर्भमा नयाँ सरकार निर्माणका लागि दाबी पेश गर्न लागिएको हो । 

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ ।

गठबन्धनमा भएको सहमतिअनुसार लुम्बिनीमा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्न लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप