भूमिसुधार कार्यालयका अधिकृत ४ लाख घुससहित अख्तियारको नियन्त्रणमा
सोमबार, ०७ फागुन २०७४, १८ : ०९
काठमाडौँ । भूमिसुधार कार्यालय भक्तपुरमा कार्यरत शाखा अधिकृत चुडामणी चापागाईं ४ लाख घुस रकम सहित पक्राउ परेका छन् ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले चापागाईंलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा काठमाडौँको कोटेश्वरस्थित शिखर खाजा घरबाट नियन्त्रणमा लिएको हो ।
अख्तियार स्रोतका अनुसार चापागाईंले भक्तपुरको चागुनारायण नगरपालिका–६ मा रहेको जग्गाको तल्सिङ र मोहीको लगत कट्टा गर्ने प्रयोजनका लागी ४ लाख माग गरेका थिए ।
सेवाग्राहीसँग चार लाख घुस रकम लिन कोटेश्वरको शिखर खाजा घरमा पुगेका चापागाईंबारे थप अनुसन्धान भइरहेको अख्तियारका एक अधिकृतले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण