सम्पत्ति गुमाउने मामिलामा मस्कले तोडे विश्व कीर्तिमान
न्यूयोर्क । इलोन मस्कले इतिहासमै सबैभन्दा धेरै सम्पत्ति गुमाउने विश्व कीर्तिमान तोडेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार नोभेम्बर २०२१ देखि डिसेम्बर २०२२ सम्म मस्कले १६५ बिलियन डलर गुमाएका हुन् ।
यद्यपि यी तथ्याङ्कहरू फोर्ब्स पत्रिकाको तथ्याङ्कमा आधारित छन् । तर गिनिज वर्ल्ड रेकर्ड्सले अन्य स्रोतहरूले मस्कको क्षति अझ ठूलो हुन सक्ने संकेत गरेको बताएको छ ।
गत वर्ष ट्विटर खरिद गरेपछि मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयर मूल्यमा ठूलो गिरावट आएको छ। सामाजिक सञ्जाल कम्पनी ट्वीटर ४४ अर्ब डलरमा लिएपछि टेस्लाका लगानीकर्ताहरूले मस्कले आफ्नो इलेक्ट्रिक कार व्यवसायमा ध्यान दिन नसकेको महसुस गर्न थालेका छन् ।
मस्कभन्दा पहिले सम्पत्ति गुमाउने मामिलामा विश्व कीर्तिमान जापानी प्राविधिक लगानीकर्ता मासायोशी सनको नाममा थियो । मासायोशी सनले सन् २००० मा ५८.६ बिलियन डलर गुमाएका थिए ।-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण