सम्पत्ति गुमाउने मामिलामा मस्कले तोडे विश्व कीर्तिमान

न्यूयोर्क । इलोन मस्कले इतिहासमै सबैभन्दा धेरै सम्पत्ति गुमाउने विश्व कीर्तिमान तोडेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार नोभेम्बर २०२१ देखि डिसेम्बर २०२२ सम्म मस्कले १६५ बिलियन डलर गुमाएका हुन् ।
यद्यपि यी तथ्याङ्कहरू फोर्ब्स पत्रिकाको तथ्याङ्कमा आधारित छन् । तर गिनिज वर्ल्ड रेकर्ड्सले अन्य स्रोतहरूले मस्कको क्षति अझ ठूलो हुन सक्ने संकेत गरेको बताएको छ ।
गत वर्ष ट्विटर खरिद गरेपछि मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयर मूल्यमा ठूलो गिरावट आएको छ। सामाजिक सञ्जाल कम्पनी ट्वीटर ४४ अर्ब डलरमा लिएपछि टेस्लाका लगानीकर्ताहरूले मस्कले आफ्नो इलेक्ट्रिक कार व्यवसायमा ध्यान दिन नसकेको महसुस गर्न थालेका छन् ।
मस्कभन्दा पहिले सम्पत्ति गुमाउने मामिलामा विश्व कीर्तिमान जापानी प्राविधिक लगानीकर्ता मासायोशी सनको नाममा थियो । मासायोशी सनले सन् २००० मा ५८.६ बिलियन डलर गुमाएका थिए ।-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुला
-
सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार
-
चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक
-
आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी
-
चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक
-
कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ